४६ म्यादी प्रहरीलाई कारबाही

समाधान संवाददाता २०७९ वैशाख २५ गते १०:४८

काठमाडौं l
आचरण विपरीतकाम गरेको भन्दै ४६ म्यादी प्रहरी कारबाहीमा परेका छन् । कारबाही परेकामध्येमा माद्यक पदार्थ सेवन गर्ने, अरुलाई दुव्र्यवहार गर्ने, गालीगलौज गर्ने, खटाएको ठाउँमा नजाने, समयमा ड्युटीमा नआउने, अनावश्यक टीकाटिप्पणी गर्दै हिँड्ने र कुटपिट गर्नेहरु छन् ।

काठमाडौंमा उपत्यकामा खटिएका १ जना म्यादी प्रहरी बलात्कार आरोपमा हिरासतमा छन् । निर्वाचनको नियमका अनुसार म्यादी प्रहरीले पनि ४० दिनसम्म नेपाल प्रहरीले जसरी ‘व्यावसायिक आचरण’ पालना गर्नुपर्छ । तर, ४६ जनाबाट भने गैरव्यावसायिक आचरण प्रदर्शन गरेकाले उनीहरूलाई कारबाही गरिएको हो ।

सरकारले निर्वाचन प्रयोजनका लागि १ लाख म्यादी प्रहरी भर्ना गरिएको छ । उनीहरुले चुनावमा खटिएवापत ४४ हजार ४ सय ४० रूपैयाँ तलब पाउँछन् ।

Advertisement

तपाईको प्रतिक्रिया