बाँदर धपाउन सामूहिक हेरालो

समाधान संवाददाता २०७९ वैशाख २५ गते ११:४१

पोखरा l
नेकपा एमाले पोखरा महानगर वडा नं ३३ ले आफ्नो नेतृत्वको वडामा भएका विकास, निर्माणका कार्य सार्वजनिक गरेको छ । वडामा आफ्नो नेतृत्वमा भएका काम पारदर्शीरुपले जनताका घर दैलोमा पुर्‍याउने र सुसूचित गराउने लक्ष्यसहित काम सार्वजनिक गरिएको छ । वडामा सम्पन्न भएका र हुँदै गरेका काम उल्लेख्य गरी प्रकाशित पत्रमा जनताबाट प्राप्त सुझावसहितका भावी योजनासमेत समेटिएको वडा अध्यक्षका प्रत्यासीसमेत रहेका निवर्तमान वडाध्यक्ष शिवप्रसाद आचार्यले बताए ।

Advertisement

आचार्यले केही हुँदै गरेका काम र प्रस्तावित योजनासहित ‘हाम्रो अभिभारा स्वस्छ सुन्दर पोखरा’ को नारालाई मुर्त रुप दिँदै वडा न ३३ को सवृद्धि, हाम्रो अर्जुन दृष्टि, को अभियानमा अबको ५ वर्ष केन्द्रीत हुने जनाए । उनले स्थानीय सरकारमार्फ्त सवृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय अभिभारा पूरा गर्न आफ्नो नेतृत्वमा पूर्ण भौतिक पूर्वाधारसहितको स्वरोजगार युवा, कृषिमा आधुनिकीकरण, स्वावलम्वी महिला, प्राविधिक शिक्षा, पर्यटन विकास, सुशासनयुक्त जनमुखी सेवा, प्रविधिमा आधारित विकास,र आत्मनिर्भर वडा मुख्य योजना रहेको बताए ।

उनले दोबिल्ला बाघमारा लाम्गादी सडकलाई कम्तीमा ४ लेनको बनाउन पहल गर्ने बताए । लाम्गादीदेखि तल्लो पुडीटारसम्मको बाटो र पानीटंकी जुके हनुमान पोखरी खैरेनीसम्मका बाटो कम्तीमा २ लेनको बनाउने उनको प्रतिवद्धता छ । वडाका अरु बाटाहरु पनि स्तरोन्नति गरिने आचार्यले बताए । संघ र प्रदेश सरकारसंग समन्वय गरी सेती नदीमा रातीखहरे पुल, सतीपोले घाट, पशुपती घाट र छाप्लांग जोड्ने मोटरेबल पुल निर्माण गरी करिबब ४ किमी दूरीमा पोखरा अन्तराष्ट्रिय विमानस्थल (चाउथे चोक–बाघमारा) बाट यस वडालाई जोड्न पहल गर्ने उनले बबताए ।

Advertisement

मासुमा आत्मनिर्भर बनाउनका लागि बाख्रा तथा लोकल कुखुराको खोर निर्माणमा अनुदान दिने, उन्नत जातका बोका वितरण गर्ने, आधुनिक वधशाला निर्माण गर्ने, स्थानीय उत्पादनलाई बजारीकरण गर्नका लागि खसी बोका कुखुराको न्यूनतम मूल्य निर्धारण गरी संकलन केन्द्रमार्फत् बजार व्यवस्थापन गर्ने एमाले उम्मेदवारको प्रतिवद्धता छ । बागमारा, लाम्गादी र पुडीटारमा गोलभेडा, आलु खेतीलाई प्रोत्साहन गर्ने, बेमौसमी तरकारी खेतीमा जोड दिने, तरकारी पकेट क्षेत्र बनाई सुपरजोनमा अग्रसर हुने, प्लास्टिक टनेल निर्माणमा अनुदान दिने, अनुदानमा हाते ट्याक्टर लगायत कृषि उपकरण वितरण जनाइएको छ ।

बाँदर नियन्त्रणका लागि सामूहिक हेरालो अवधारणा तयार गरी सोही बमोजिम कृषकको खेतीवाली संरक्षणको लागि कार्यक्रम बनाउने कार्ययोजना छ । जंगलमा केरा खेती लगायत बाँदरको लागि वैकल्पिक खाद्य उत्पादनको व्यवस्था गरी बादर न्यूनीकरणमा पहल गर्ने वैकल्पिक विधिको उपयोग गरिने उनले बताए । मालागिरी होमस्टे व्यवस्थित बनाउने, जिब्रेढुंगा होमस्टे सञ्चालन गर्ने, सुनागुफाको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्यय पर्यटक भित्राउने उनको योजना छ ।

Advertisement

अन्नपूर्ण स्वास्थ्य चौकीलाई ५० शैयाको अस्पताल बनाउन पहल गर्ने, कम्तीमा प्रसुती सेवा दिन सकिने गरी नियमित डाक्टर तथा नर्स हुने व्यवस्था गरी आकस्मिक सेवा सञ्चालन गर्ने एमालेको प्रतिवद्धता छ । न्यूनतम वर्षको २ पटक ज्येष्ठ नागरिकको नियमित स्वास्थ्य उपचारका लागि घर–घरमा डाक्टर कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

वडामा खेलखुद समिति गठन गरी नियमित खेलकुदका कार्यक्रम गर्ने, वडा तथा टोलमा निर्माण सुरु भएका खेल मैदान निर्माणका कार्य सम्पन्न गर्ने, पशुपतिघाटमा क्रिकेट रंगशाला निर्माण गर्न पहल गर्ने, पुडीटार खेलमैदान र तिक्लांग खेलमैदान निर्माण कार्य गरी व्यवस्थित बनाउने एमालेको कार्ययोजना छ ।

तपाईको प्रतिक्रिया