केपी ओली सोमबार पोखरा आउने
समाधान संवाददाता
२०७९ वैशाख २५ गते १३:०१
पोखरा ।
नेकपा (एमाले) ले वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरी वैशाख २६ गते सोमबार पोखरामा बृहत् चुनाबी सभा गर्न लागेको छ । उक्त सभालाई एमाले अध्यक्ष केपी ओलीले सम्बोधन गर्नेछ्न्।
सोमबार पोखराको अमरसिंह चौरमा बिहान ११ बजे हुने सभाको तयारी अन्तिम चरणमा पुगेको एमाले पोखरा महानगर कमिटी अध्यक्ष दिलीप न्यौपानेले जानकारी दिए। ओलीसँगै केन्द्रीय नेताहरुले सम्बोधन गर्ने सभामा उपस्थित हुन सबै कास्कीबासी जनसमुदायमा एमालेले अपिल गरेको छ।
सम्बन्धित
तपाईको प्रतिक्रिया