गठबन्धनले सबैलाई फाइदै फाइदा: प्रचण्ड

समाधान संवाददाता २०७९ वैशाख २५ गते १३:५४

पोखरा
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्रको रक्षको उद्देश्यले गठबन्धनको जन्म भएको बताएका छन् । पोखरामा आइतबार आयोजित ५ दलीय गठबन्धनको सभामा उनले यस्तो बनाएका हुन् ।

Advertisement

उनले भने:
गठबन्धन जन्मदैन्थ्यो भने आन्दोलनको नेतृत्व गर्दैनथ्यो भने प्रतिगमनका विरुद्ध संघर्ष गर्दैनथ्यो आज देश दुर्घटनामा जाने खतरा परिसकेको थियो । देशलाई प्रतिगमनबाट बचाउन, फेरि अराजकताको भुमरीबाट बचाउन नै गठबन्धनको जन्म भएको हो । अवसरवादीहरुको कोसिस यो गठबन्धनलाई टुटाउन कोसिस भइरहेको छ । हामी गठबन्धनका पक्षधर शक्तिहरु भने धेरै अप्ठेरा सहेर यो गठबन्धनलाई अगाडि बढाउने र भोलि प्रदेश र संघीय निर्वाचनमा पनि गठबन्धनमा लैजाने र आर्थिक समृद्धिका लागि लैजाने हामीले संकल्प लिएका छौं ।


निर्वाचन अग्रमन र प्रतिगमनको बीचमा आएको छ । हामी परिवर्तन र शान्तिका पक्षधर एकातिर र यो परिवर्तन उल्ट्याउन चाहने अर्काेतिर भएर यो संघर्ष चलेको छ । ७० वर्षको राजनीतिक उपलब्धि बचाउन गठबन्धनका तर्फबाट उम्मेदवारलाई जिताउनुपर्छ ।


गठबन्धनको संस्कृतिबाट मात्रै देशमा राजनीतिक स्थिरता कायम गर्न सकिन्छ । एउटा ठूलो षडयन्त्र गणतन्त्र र संविधानका विरुद्ध हुँदै थियो । राजावादीहरुको गठबन्धन जो आएको छ, त्यसलाई परास्त गर्नु आवश्यक छ । नत्र राजनीतिक दुर्घटनाको खतरा छ ।
गठबन्धन देशलाई राजनीतिक दुर्घटनाबाट बचाउन जन्माइएको हो ।

गठबन्धन एकातिर विचार र मुद्दामा एकता, अर्काेतिर सबैलाई फाइदा । ५० प्रतिशत नेपाली कांग्रेसलाई फाइदा, माओवादीलाई नि फाइदा । सबैलाई फाइदै फाइदा हुने भएर हुने हो गठबन्धन ।

Advertisement

तपाईको प्रतिक्रिया