धम्पुसमा मत माग्दै कांग्रेस उम्मेदवार

पोखरा l
नेपाली कांग्रेसको तर्फबाट माछापुच्छ्रे गाउँपालिका प्रमुख र उपप्रमुखका उम्मेदवार शनिबार धम्पुस पुगे । पर्यटकीय गाउँ धम्पुसमा उनीहरुले यहाँको थप विकास र पर्यछन प्रवद्र्धनका लागि प्रतिबद्धता जनाए ।
अध्यक्षका उम्मेदवार मीनबहादुर गुरुङले धम्पुसवासीको सल्लाह र माग अनुरुप कार्ययोजना अघि बढाइने बताए । उनले भने ,‘ प्रकृतिले नै सुन्दर बनाएको यो ठाउँ अझै प्रवद्र्धन हुन सकिरहेको छैन । यहाँको मौलिक संस्कृति, रहनसहन लयागत यहाँको मौलिकता नै बलियो पक्ष हो । हामी यहाँको मौलिकतालाई आत्मसात् गर्दै प्रकृतिक सौन्दर्यलाई ध्यानमा राख्दै यहाँकै स्थानीयहरुको सल्लाह बमोजिम कार्ययोजना तयार गर्ने छौँ ।’
मतकै लागि ठूला सपना देखाएर कालान्तरमा जनतालाई निरश गराउनु भन्दा नेतृत्वमा आएपछि आवश्यक कुरालाई तत्काल अघि बढाइने उनले प्रतिबद्धता जनाए । उपाध्यक्ष उम्मेदवार सीता अधिकारीले भूगोल अनुरुपको विकासमा जोड दिइन् । मौलिकतालाई प्राथमिकतामा राख्दै पर्यटकीय गन्तव्यको मुख्य आकर्षण केन्द्र बनाउँदै आर्थिक चलायमान हुने गरी योजना तय गरिने बताइन् ।
अधिकारी भन्छिन्, ‘हचुवाको भरमा विकास हुने कुरा होइन । विशेषज्ञसहित यहाँको भूगोल अध्ययन गरेर विज्ञ र स्थानीयकै रोहवरमा योजनाहरु तय गर्ने छौं ।’ माछापुच्छ्रे ७ धम्पुसमा काँग्रेसबाट वडाध्यक्षमा लोक बहादुर गुरुङ (लोके सर), महिला वडा सदस्यमा विष्णु माया भण्डारी, दलित महिला सदस्यमा जुना विक र वडा सदस्यमा श्याम अधिकारी उम्मेदवार छन् ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया