युवा बौद्ध संघको शिविर
समाधान संवाददाता
२०७९ वैशाख २५ गते १६:५९
पोखरा ।
युवा बौद्ध संघ नदीपुरले शनिबारबाट २५६६ औं बुद्ध जयन्तीको अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको छ । जेठ २ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रमको पहिलो दिन शनिबार निशुल्क स्वास्थ्य शिविरको आयोजना भयो । शिविरमा करिब ३ सयले सेवा लिएको कार्यक्रम संयोजक डा. भाइरत्न शाक्यले जानकारी दिए ।
शिविरमा हाडजोर्नी, दन्तरोग, नाक, कान, घाँटी लगायतका परीक्षण गरिनुुका साथै औषधिसमेत उपलब्ध गराइएको थियो । संघका अध्यक्ष सुदीप प्रधानांगले आगामी आइतबार रक्तदान र सोमबार साइकल र्याली आयोजना गरिने बताए । पोखरा साइकल सिटीको सहयोगमा आयोजना हुने उक्त र्याली घेछेलिङ गुुम्बा दीप हुँदै, सुुखवती गुम्बादेखि अनदुँस्थित शान्ति स्तूपसम्म हुने र्याली संयोजक रवि उदासले बताए । बुद्ध जयन्तीको अवसरमा वृहत कार्यक्रम आगामी जेठ २ गते आयोजना गरिने आयोजकले जनाएको छ ।
सम्बन्धित
१








ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया