युवा बौद्ध संघको शिविर

समाधान संवाददाता २०७९ वैशाख २५ गते १६:५९

पोखरा ।
युवा बौद्ध संघ नदीपुरले शनिबारबाट २५६६ औं बुद्ध जयन्तीको अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको छ । जेठ २ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रमको पहिलो दिन शनिबार निशुल्क स्वास्थ्य शिविरको आयोजना भयो । शिविरमा करिब ३ सयले सेवा लिएको कार्यक्रम संयोजक डा. भाइरत्न शाक्यले जानकारी दिए ।

शिविरमा हाडजोर्नी, दन्तरोग, नाक, कान, घाँटी लगायतका परीक्षण गरिनुुका साथै औषधिसमेत उपलब्ध गराइएको थियो । संघका अध्यक्ष सुदीप प्रधानांगले आगामी आइतबार रक्तदान र सोमबार साइकल र्‍याली आयोजना गरिने बताए । पोखरा साइकल सिटीको सहयोगमा आयोजना हुने उक्त र्‍याली घेछेलिङ गुुम्बा दीप हुँदै, सुुखवती गुम्बादेखि अनदुँस्थित शान्ति स्तूपसम्म हुने र्‍याली संयोजक रवि उदासले बताए । बुद्ध जयन्तीको अवसरमा वृहत कार्यक्रम आगामी जेठ २ गते आयोजना गरिने आयोजकले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया