५६ युनिट रगत संकलन

समाधान संवाददाता २०७९ वैशाख २५ गते १७:०८

पोखरा l
२२औं स्थापना दिवसको अवसरमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पोखरा शाखाले खुला रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा ५६ युनिट रगत संकलन भएको शाखा प्रमुख कुशलसिंह थापाले जानकारी दिए ।

Advertisement

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका क्षेत्रीय प्रमुख कृष्ण लम्सालले उद्घाटन गरेको कार्यक्रममा क्षेत्रीय रक्त सञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञवाली, विमक समितिका सदस्य तथा आकस्मिक रक्तदान युनिटका अध्यक्ष नेत्र ढकाल, शाखा समितिका अध्यक्ष तारादेवी बराल, दामोदर सापकोटा लगायतले रक्तदानको महत्वबारे बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया