माउन्ट अन्नपूर्णका विद्यार्थीलाई अभिमुखीकरण

पोखरा l
माउन्ट अन्नपूर्ण क्याम्पस पोखरामा बिएस्सी सिएसआइटी पहिलो सेमेस्टारका विद्यार्थीलाई कलेजले अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । चितवनको सौराहामा भएको कार्यक्रममा बिएस्सी सिएस आइटी दोस्रो सेमेस्टारका विद्यार्थीले पहिलो सेमेस्टार विद्यार्थीलाई स्वागत गरे ।
कार्यक्रममा ७६ विद्यार्थी र कलेजका फ्याकल्टीहरु सहभागी थिए । कलेजका निर्देशक सूर्यबहादुर जिसीले माउन्ट अन्नपूर्णले पश्चिमाञ्चलकै पहिलो निजी क्याम्पसको रुपमा अहिलेसम्म विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिइरहेको बताए । उनले भने, ‘निजी शिक्षण संस्थाको अगुवा भएर हामीले विज्ञान र प्रविधिको शिक्षा दिएका धेरै विद्यार्थी अहिले डाक्टर, इन्जिनियर र अरु जिम्मेवार पदमा छन् । हामी हाम्रो गुणस्तर र राष्ट्रको आवश्यकता बमोजिमका कार्यक्रम चलाइरहेका छौं ।’
कलेजले विद्यार्थीलाई जंगल सफारी र सांगीतिक कार्यक्रमसमेत आयोजना गरेको थियो । कार्यक्रममा बिएस्सी सिएस आइटी कार्यक्रम संयोजक भेषबहादुर थापा र प्राध्यापक सन्तोष पन्तले पनि बोलेका थिए ।








पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया