पोखरा १४मा एमालेको सभा : ‘बास उठाउनेलाई हैन बास राख्नेलार्ई भोट दिनुस्’

पोखरा ।
एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारीले जनताले लालुर्जा खोस्नेलाई नभएर लालपुर्जा दिलाउनेलाई भोट दिनुपर्ने बताएका छन् ।
आइतबार नेकपा एमाले पोखरा १४ ले मसिनामा आयोजना गरेका कार्यक्रमा बोल्दै खगराज आधिकारीले बास राख्नेलाई भोट दिन अनुरोध गरेका हुन् । ‘तपाईंको घरमा तपाईंलाई सखाब पार्नेलाई भोट दिने कि तपाईंको बास राख्नेलाई ! मेरो अनुरोध छ । एमाले बास दिने पार्टी हो । एमालेलाई भोट दिनुस्,’ अधिकारीले भने । अधिकारीले वडानम्बर १४मा जनताको बास उठाएका मान्छे एमालेसँग प्रतिस्पर्धा गरेको बताएका हुन् । एमालेले चुनाव जिते घरघरमा सुकुम्बाँसीलाई लालजुर्जा दिलाउने अधिकारीले बताए । ‘हामीहरुले लालपुर्जा दिने तयारी भइरहेको थियो । केन्द्रको सरकार ढालियो एमालेले बनाएका आयोगका मान्छेलाई नियोजित रुपमा हटाइयो,’ अधिकारीले भने, ‘सुकुम्बाँसीको घरदैलोमा लालपुर्जा आउने बेलामा हामीलाई हटाइयो । अब जिताएर पठाउनुस् । लालपुर्जा दिलाउने जिम्मा एमालेको भयो ।’
दुई÷तीन वर्षमा अरुले गर्न नसकेको काम एमालेको सरकारले गरेको अधिकारीले दाबी गरे । ‘वडा नम्बर १४ मा रोपनीका रोपनी जग्गा आफ्नो नाममा बनाउन कोही उम्मेदवार छन् भने, ति उम्मेदवारलाई हामी धुलो चटाउँछौं,’ अधिकारीले भने ।अधिकारीले वडामा भएका सार्वजनकि जग्गाको संरक्षण गर्ने बताएका हुन् ।
वडानम्बर १४ मा हजारौं सुकुमबाँसीलाई लालपुर्जा दिलाउन र १४ मा भएको हजारौं रोपनी सार्वजनिक जग्गा जोगाउन पनि एमालेलाई भोट दिनुपर्ने बताए । कसैको विरोधमा आफुहरु नभएको अधिकारीले दाबी गरे ।
मेयरमा कृष्ण थापा, उपमेयरमा मञ्जुदेवी गुरुङ वडा नम्बर १४ को वडाध्यक्षमा डेलबहादुर गुरुङ, खुला वडासदस्यमा मानबहादुर भुजेल, महिला उत्पीडित महिला सदस्य सिर्जना सुनार, खुला सदस्य गोपालप्रसाद सापकोटा र महिला सदस्यमा सरिता बास्तोलालाई चुनाव जिताएर पठाउन अधिकारीले वडाबाँसीलाई अनुरोध गरेका छन् । पाँच वर्ष नागरिकलाई बडापत्रको व्यवस्थाको जानकारी गराएरै काम गर्ने एमालेबाट मेयरका उम्मेदवार कृष्ण थापाले बताए । उनले महानगरमा हुने गरेका ढिला सुस्ती गरेर काम गर्ने प्रवितिको अन्त्ये गरिने बताएका हुन् । ‘पैसाको कारणले शिक्षाबाट बञ्चित हुने अवस्थाको मेरो नेतृत्वको टोलीले अन्त्ये गर्छ । संसारको सुन्दर पूर्वाधारको रुपमा पोखरालाई स्थापित गर्छु,’ थापाले भने ।
पोखरा १४ अन्तर्राष्ट्रिय विमान स्थल भएकाले यसलाई सुरुमै सञ्चालनमा ल्याउन आफूले प्रयास हुने थापाको भनाइ छ । अन्तर्राष्ट्रिय विमान स्थलमा स्थानीयहरुलाई रोजगारीका लागि पहल गर्ने उनले बताए । ‘महानगरले कृषि गर्नेलाई प्रोत्साहित गर्छ । बजारको व्यवस्था महानगर आफैले गर्छ,’ थापाले भने ।
जनताको दैनिकीमा आइपर्ने अप्ठ्याराहरुको समाधान गर्न एमालेको सरकारले काम गर्ने थापाले बताए । थापाले महानगरमा बेजुरी राख्ने परम्पराको अन्त्ये गर्ने समेत बताएका छन् ।
एमाले १४ का अध्यक्षका उम्मेदवार डेलबहादुर गुरुङले आफ्नो अर्जुन दृष्टि विकास मात्रै भएको बताए । ‘आगमी पाँच वर्षमा वडालाई समृद्ध वडा बनाउँछौं । वडा बाँसीले अनुभूति लिन सक्ने विकास गछौं । भुमिहिनहरुलाई उचित मुआब्जा वडामा रहेका सरकारी विद्यालयका स्तरउन्नति, सिपमुलक तालिम, यूवा वर्गलाई विभिन्न तालिम, कृषि तथापशुपालन व्यवसायलाई व्यावसायीकरण, वडाभित्र रहेका वटोलाई पक्की सडक बनाउने आफ्नो पहिलो प्राथमिकता हुने गुरुले बताए ।
पोखरा १४ बाट एमाले खुला वडासदस्यमा मानबहादुर भुजेल, महिला उत्पीडित महिला सदस्य सिर्जना सुनार, खुला सदस्य गोपालप्रसाद सापकोटा र महिला सदस्यमा सरिता बास्तोला चुनावी मैदानमा छन् ।
निर्वाचन परिचालन कमिटीका संयोजक, जिल्ला कमिटी सदस्य एवं वडा इन्जार्ज बलबहादुर सेन्चुरी, सहसंयोजक माओ थापा, बुद्धिजीवी परिषद्का सदस्य श्रीधर रानाभाट, निर्वाचन प्रचारप्रसार विभागका संयोजक पृथ्वी कुँवर हुन् । मसिना चौउरमा भएको कार्यक्रम एमाले पोखरा १४ का वडाध्यक्ष बटुकृष्ण (कृष्ण) कुँवरले सञ्चालन गरेका थिए ।
तपाईको प्रतिक्रिया