‘महानगरमा १ रुपैयाँ बेरुजु हुनदिन्नँ’

समाधान संवाददाता २०७९ वैशाख २६ गते ०:३७

पोखरा ।
पोखरा महानगरपालिकाकाे मेयरका प्रत्यासी एमालेका कृष्ण थापाले चुनाव जितेर गए महानगरको बेरुजु शुल्यमा झार्ने बताएका छन् । आइतबार अन्नपूर्ण एफ एमको फेस टु फेस कार्यक्रममा बोल्दै थापाले अहिले पोखरा महानगरपालिकामा देखिएको महानगरको बेरुजुलाई शुन्यमा झारेर आफ्नो कार्यकालमा १ रुपैयाँपनि बेरुजु हुन नदिने बताएका हुन् ।

Advertisement

अन्नपूर्ण एफ एमले आयोजना गरेको कार्यक्रममा पोखरा महानगरमा मेयरका स्वतन्त्र उम्मेदवारी दिएका गणेश पौडेल, राप्रपाका शंकर खराल, विवेकशील साझाकी शुसिला केसी कार्की र थापाको उपस्थिति रहेको थियो ।


अटेरी उम्मेदवारी दिएका पाैडेलले मेयमा जितेर गए पोखरा महानगरपालिकाको बजेट दुई वर्षमा १४ अर्ब पुर्‍याउने आफूसँग प्लान भएको बताए । उनले पोखरामा ६० प्रतिशत स्वतन्त्र मत रहेकाले जित्नेमा दृणता देखाएका छन् । ‘पोखरामा सबै पार्टीका कार्यकर्ता जोड्दा ३३ हजार हारहारीमा कार्यकर्ताको संख्या पुग्छ । यसरी कार्यकर्ताको घरपरिवारको सदस्य जोड्दा पनि ९० हजार हारहारीमा पार्टीमा आस्ठा राख्ने मान्छे छन्, पोखराको मतदाता २ लाख ७ हजार छन्,’ उनले भने ‘यसरी हेर्दा ६० प्रतिशत स्वतन्त्र मतदाताले मलाई जिताउँछन् ।’ उनले दलको मान्छेले भन्दा स्वतन्त्र मान्छेले पोखरा जिते छिट्टो विकास गर्न सक्ने बताएका हुन् ।
विवेकशील साझकी कार्कीले पोखरालाई कस्तो बनाउने भनेर जितेर गएपछि विज्ञेहरुको सल्लाहले मात्र अगाडि बढ्ने बताएकी छन् । ‘हाम्रो समाजमा महिलाले काम गर्न सक्र्दैनन् भन्ने प्रितिसत्तात्क सोच छ,’ उनले भनिन्, ‘यसलाई चिर्न र महिलाले पनि पोखरा महानगर हाक्न सक्छन्, भन्ने उद्देश्यले मैले उम्मेदवारी दिएकाे हुँ ।’

Advertisement


राप्रपा खरालले महानगरमा जितेर गए अहिले जुन पार्टीले जिते त्यसैको कार्यकर्ताले जागिर खाने भत्ति केन्द्र जस्तो महानगरको अवस्थालाई चिर्ने बताए । ‘हाम्रो पार्टीले जितेर गए १ जना पनि महानगरमा आफ्नो पार्टीको कार्यकर्ता भत्ति गर्दिन्,’ उनले भने, ‘हिजोको फेवाताल के थियो । यसलाई जोगान मेरो भूमिका हुन्छ । हिजो फेवातालको पानी खान मिल्ने थियो । आज अतिक्रमण र प्रदुषणको चपेटामा फेवाताल परेको छ ।’ ठूला भनेको पार्टीलाई भोट दिनु भनेको साढेको टांगमा बाल्टि थाप्नुजस्तो मुख्खता भएकाे उनले बताए । कार्यक्रममा गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीकाबाट मेयरका उम्मेदवार धनराज आचार्य अनुपस्थित थिए ।

Advertisement

तपाईको प्रतिक्रिया