पोखरा वडा नम्बर १ को स्मारिका

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १ को ५ वर्षे कार्यकालमा भए गरेका काम तथा गतिविधि समेटेर स्मारिका प्रकाशन भएको छ । मेयर मानबहादुर जिसीले आइतबार उक्त स्मारिका विमोचन गरे । उनले गएका ५ वर्ष पोखराका जनप्रतिनिधिले महानगरको जग बसालेको बताए ।
वडाध्यक्ष शारदाकुमारी पराजुलीले आफूहरुले भ्याएसम्मका काम गरेको र जनअपेक्षालाई सक्दो पूरा गर्ने प्रयास गरेको सुनाइन् । स्रोत साधन अभाव, कर्मचारीको पटकपटकको फेदबल लगायत चुनौती आफूले बेहोरेको पनि बताएन् । उनले ५ वर्षमा वडामा ८ जना सचिव फेरिएको जानकारी दिइन् ।
लेखक झलक सुवेदीले आउने सय वर्षपछि इतिहास हेर्न चाहनेका लागि स्मारिका काम लाग्दो हुने बताए । सार्वजनिक संस्थाका अभिलेखले आउने दिनमा सेवा प्रवाह गर्न सजिलो हुने उनको भनाइ थियो । ‘आउने जनप्रतिनिधिलाई कहाँबाट जानकारी लिने भन्ने भएन, स्मारिकाले गर्दा सजिलो हुने भयो,’ उनले भने ।
पृथ्वीनारायण क्याम्पसका प्राध्यापक विष्णु भण्डारीले स्मारिका ऐतिहासिक दस्तावेजका रुपमा आएको बताए । उनले स्मारिका प्रकाशन गर्नु पारदर्शिता र सुशासनका दृष्टिले उत्तम कार्य भएको विचार राखे । ‘आगामी दिनमा योजना निर्माण र कार्यान्वयनमा स्मारिकाले महत्वपूर्ण भूमिका खेल्नेछ,’ उनले भने । पोखरा महानगरपालिकाका प्रवक्ता तथा पोखरा ५ का वडाध्यक्ष धनबहादुर नेपालीले स्मारिका वर्षैपिच्छ निकाल्दा धेरै गतिविधि समेट्न सकिने अनुभव सुनाए ।
वडा सदस्य रुद्रप्रसाद च्वाईंले पनि अनुभव साटेको कार्यक्रममा स्थानीयले अहिलेका जनप्रतिनिधिले पद छोडे पनि वडाका लागि काम गर्न नछोड्न सुझाव दिए । स्मारिकामा वडाध्यक्ष शारदा पराजुलीको नेतृत्वका जनप्रतिनिधि आएपछि भएका महत्वपूर्ण काम, सबै बैठकका निर्णय लगायत जानकारीहरु समेटिएको छ ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया