डिजिटल प्रशासनदेखि निशुल्क स्यानेटरी प्याड वितरण गर्ने (कार्ययोजना सहित)

समाधान संवाददाता २०७९ वैशाख २६ गते २०:४७

पोखरा ।

Advertisement

पोखरा महानगरपालिका २६ का स्वतन्त्र उम्मेदवारी सोमनाथ अधिकारीले पोखरा लक्ष्य २०७९ को कार्ययोजना पत्र सार्वजनिक गरेको छन् । अटरी अभियानबाट स्वतन्त्र उम्मेदवारी दिएका अधिकारीले वडामा जीवित कृषि संग्रहालयको स्थापना गर्नेदेखि स्वाथ्य उपचारका लागि २४ सै घण्टा एम्बुलेन्स सञ्चालन गर्ने योजना सार्वजनिक गरेका हुन् ।


अधिकारीले वडामा संस्कृतिको सम्पूर्ण अभ्यास हुने गरी हेमजाको कुनै एक कृषि पकड क्षेत्रलाई जीवित कृषि संग्रहालयको रुपमा विकास योजना सार्वजनिक गरेका हुन् । ‘महानगर पालिकामा ‘मेरो पोखरा’ मोबाइल एप्लिकेसनको सञ्चालनमा ल्याएर सम्पूर्ण महानगरीय सेवा तथा सुविधा कागजविहीन घरमै बसीबसी सेवा प्राप्त दिने छौं,’ कार्ययोजनमा उल्लेख छ ।

Advertisement

–पेपर लेस प्रशासन
–मोबाइल एप्लिकेशन मार्फत सेवा
–जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति
–जेष्ठ नागरिक मिलन केन्द्र’ स्थापना
–२४ सैं घण्टा एम्बुलेन्स सेवा
–युवा क्लवहरूलाई बार्षिक १० लाख वजेट
–सहुलियत ऋण तथा अनुदानको व्यवस्था
– चोकहरु सिसिटिभी क्यामेराको जडान
–घाटहरूमा आधुनिक शव दहनगृह


हेम्जाको याम्दीसम्म आधुनिकरण र अव्यवस्थित सहरिकरणको चपेटामा परेको वडालाई सामाजिक सम्पदाको समानुपातिक विकास गर्ने कार्ययोजनामा छ । ‘संसारका धेरै उन्नत लोकतन्त्रमा स्थानीय तहको निर्वाचनमा दलीय प्रतिस्पर्धा हुँदैन,’ कार्ययोजना सार्वजनिक कार्यक्रममा बोल्दै अधिकारीले भने ‘यस पटक पनि दलभन्दा माथि उठेर, राजनीतिक विचारभन्दा माथि उठेर निर्णय अटेरी उम्मेदवार मलाई ‘लौरो’मा भोट हालेर साथ दिनुहुन्छ भन्ने विश्वास लिएको छु ।’

Advertisement

दिगो विकासको लक्ष्य प्राप्ति गर्न अटेरी अभियानलाई साथ दिन अधिकारीले आग्रह गरे । स्वतन्त्र उम्मेदवारी दिएका अधिकारीले प्रत्येक महिना वडाको आम्दानी तथा खर्चको विवरण महानगरीय मोबाइल एप्लिकेशन मार्फत सार्वजनिक गर्ने बताएका छन् । ‘वडाको सूचना पाटीमा पनि टाँस गरिने छ । वडाभित्रका हरेक विकास निर्माणका कामलाई पारदर्शी बनाइनेछ।,’ उनले भने । वडामा कम्तिमा ४ वटा सुविधासम्पन्न ‘जेष्ठ नागरिक मिलन केन्द्र’ स्थापना गर्ने योजनामा रहेको अधिकारीले बताए ।

स्वाथ्य केन्द्रमा महिलालाई निःशुल्क स्यानेटरी प्याडको व्यवस्था गरिने कार्ययोजनामा उल्लेख छ । कार्ययोजनमा २४ सैं घण्टा एम्बुलेन्स सञ्चालन गर्ने साथै पूर्वधार एवम् जनशक्ति नियुक्त कार्ययोजनमा छ । सार्वजनिक चौरहरूको स्तरोन्नति गरी खेलुकुद गतिविधिलाई बढावा पनि छ । वडामा खेलकुल, स्वास्थ्य, शिक्षा, तथा पूर्वाधार विकासमा गर्ने योजना छ ।

वडा मातहत अनुदान डेस्क बनाई सबै खाले सहुलियत ऋण तथा अनुदान प्राप्त गर्न सहयोग गरिने योजनमा उल्लेख छ । योजनामा वडाका प्रमुख चोकहरू, गल्ली र मार्गहरूमा प्रत्येक २०० मिटरको फरकमा सिसिटिभी क्यामेराको जडान गरिने बताएका हुन् । मुख्य सडकहरुमा सोलार बत्ती एवम अन्य सडकहरुमा सदाबाहार बत्तीको व्यवस्था गरिने उल्लेख गरेका हुन् ।

यस्ताे छ, कार्ययाेजना

तपाईको प्रतिक्रिया