नयाँ मतदाताले कहाँ र कहिले पाउँछन् परिचयपत्र ?

पोखरा l
आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको तयारी लगभग सबै पुरा भएको निर्वाचन आयोगले जानकारी दिएको छ । मतपत्र सबै जिल्लामा पुगिसकेको र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन अधिकृतलाई बुझाउने काम भइरहेको आयोगले बताएको छ । मतदानमा खटिने अधिकृतदेखि सबै कर्मचारी सम्बधित केन्द्रमा चाँडै पुग्ने आयोगको भनाई छ ।
नया मतदातालाई सम्बन्धित मतदान केन्द्रबाट मतदान अधिकृतले वैशाख २८र २९ मा परिचयपत्र वितरण गर्ने अधिकारीको भनाई छ । पुरानो मतदाता परिचयपत्र हराएको वा प्रयोग योग्य नभएका मतदातापत्रको माग गर्दै निवेदन पेस गरेकालाई पनि सोहि दिन परिचयपत्र वितरण गरिनेछ ।
देशभर एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका छन् । दश हजार पाँच सय भन्दा बढि मतदान स्थल र २२ हजार मतदान केन्द्र तोकिएका छन् । निर्वाचन आयोगका अनुसार यसपालिको चुनावमा २४ लाख भन्दा बढि नया मतदाता थपिएका छन् ।







१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया