‘सहजै रुपमा चुनाव जित्न सकिन्छ’

समाधान संवाददाता २०७९ वैशाख २७ गते ११:४४

चन्दकला अधिकारी
उपाध्यक्षका उम्मेद्वार अन्नपूर्ण गाउँपालिका (एमाले)

१ स्थानीय तहको चुनावको तयारी तथा गतिविधि कसरी अगाडी बढाउनु भएको छ ?
स्थानीय तहको चुनाव केन्द्रीत गरेर पार्टीले प्रतिबद्धता तयार गरी आम मतदाता समक्ष गएको छ । पार्टीका उम्मेद्वार परिचय कार्यक्रम भेला बैठक, घर दैलो कार्यक्रम भएको छ । चुनाव लक्षित कार्यक्रमलाई व्यवस्थित ढंगले अगाडी बढाएका छौं । चुनावलाई केन्द्रीत गरी पालिकाका सबै वडाहरुमा प्रचार प्रसारको काम भएको छ ।

२ के कस्ता एजेण्डा लिएर पार्टी चुनावमा गएको छ ?
‘सुखी नेपाली, समृद्ध नेपाल’ निर्माण गर्ने राष्ट्रिय लक्ष्यका साथ अगाडी बढेको पार्टीले स्थानीय स्तरमा जनजीविकाको सवाल तथा विकास निर्माणको मुद्दालाई अगाडी बढाएको छ । स्थानीय तहको निर्वाचनमा जनताको अपेक्षा, सहि दृष्टिकोण र विचारका साथ जनतामा गएको छ । सामाजिक रुपान्तरण विकास निर्माणको सवालमा पार्टी तथा जनप्रतिनिधिहरुले सहजीकरण गर्नु भएको छ । समग्र अन्नपूर्णको समृद्धि र विकासको नाराका साथ पार्टी चुनावमा होमिएको छ ।

३ तपाईले उपाध्यक्षमा उम्मेद्वारी दिनुभएको छ । तपाईं जित्ने आधार के हो ?
मैले जित्ने आधार भनेको नेकपा एमालेको विचार सिद्धान्त पार्टीको निष्ठा कार्यकर्तामा एकता हो । दोस्रो कुरा, जनतासँग हाम्रो पार्टीको सम्बन्ध राम्रो छ । नेकपा एमालेका सम्पूर्ण उमेद्वार एक आपसमा समन्वय गरेर जनतामा गएका छन् । हाम्रो पार्टीलाई जनताले विश्वास गरेका छन् । सिंगो पालिका कमिटीदेखि वडाहुँदै टोल टोलमा पार्टी कमिटी बनेको छ । जनवर्गिय संगठन क्रियाशिल छन् । उम्मेद्वारहरु घरदैलोमा जाँदा सबै मतदाताले उत्साहका साथ सहयोग र समर्थन गरेका छन् । आम मतदाताको सहयोग र सिगौ पार्टी पङती परिचालित भएपछि सहजै रुपमा चुनाव जित्न सकिन्छ ।

Advertisement

४ निर्वाचित भएपछि आम महिला, अपांग, दलित, बाल बालिका र ज्येष्ठ नागरिकको सवाललाई कसरी सम्बोधन गर्नु हुन्छ ?
नेकपा (एमाले) समावशिता र समानुपातिक सहभागिता र राज्यमा निकायमा महिलाको ३३ प्रतिशत सहभागिताको लागि आवाज उठाउने तथा काम गर्ने पार्टी हो । सिमान्तकृत, अल्पसंख्यक, उत्पीडनमा परेका समुदाय, लिंग, जाति क्षेत्र र वर्ग समुदायको पक्षमा काम गर्छ । राज्यका निकायमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित हुन सकेको छैन । निर्णायकतहमा महिलाको अर्थपूर्ण सहभागिताको लागि आवाज उठाउने छु । सबै लक्षित समुदायको सशक्तिकरण र विकासको लागि योजनाबद्ध ढंगले काम गर्ने छु । गरिबीको रेखामुनि रहेका जनताको सेवा गर्ने, आम युवाको उद्यमशिलताको विकास र रोजगारी सिर्जना गर्न प्रयाप्त ध्यान दिने छु । लैंगिक तथा घरेलु हिंसा निवारणको लागि सचेतना मुलक कार्यक्रम गर्नेदेखि महिलाको सीप दक्षता अभिबृद्धि गरी आय आर्जनका योजना ल्याउने योजना अगाडी सारेको छु ।

५ समग्र पालिकाले दिने सेवा तथा न्यायिक समितिले गर्ने कामलाई कसरी अगाडी बढाउने योजना छ ?
जन प्रतिनिधि रात दिन नभनेर जनताको सेवा खटिने छ । पालिकाले दिने सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाइने छ । सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रण र पारदर्शिता कायम गर्नको लागि सक्रियताका साथ काम गरिने छ । न्यायिक समितिको संयोजकको हिसाबले पिडीतलाई न्याय दिने र समाजमा मेल मिलापको वातावरण कायम गर्न ध्यान दिने छु ।

Advertisement

६ निर्वाचनको सन्दर्भमा पार्टी कार्यकर्ता तथा आम मतदातालाई के भन्न चाहानु हुन्छ ?
म अन्नपूर्ण गाउँ पालिकाको वडा नम्बर २को सेराचौरमा जन्मेर महिला सशक्तिकरण, सामाजिक जागरणको क्षेत्रमा काम गरेको छु । अन्नपूर्ण क्षेत्रको छोरी चेली भएको कारण आम मतदातालाई सुर्यमा मतदान गर्न आग्रह गर्दछु । उम्मेद्वार नेकपा ( एमाले ) को प्रतिनिधि पात्र मात्रै हो । निर्वाचित भएपछि जनताको पक्षमा काम गर्छु । पार्टीलाई जिताउन सबै पार्टीका नेता तथा कार्यकर्ता खट्न सविनय रुपमा आग्रह गर्दछु ।

तपाईको प्रतिक्रिया