मौन अवधिमा पोस्ट वा बुस्ट गरे कारवाही

समाधान संवाददाता २०७९ वैशाख २७ गते १२:२३

काठमाडौं l
स्थानीय चुनावको मौन अवधिमा पालना गर्नुपर्ने नियम सामाजिक सञ्जालमा पनि लागू हुने निर्वाचन आयोगले जनाएको छ ।
मौन अवधिमा सामाजिक सञ्जालमा प्रचारप्रसार लगायतका काम नगर्न निर्वाचन आयोगले उम्मेदवार र तिनका समर्थकलाई आग्रह गरेको हो । सञ्जालमा मौन अवधिमा समर्थकले पोस्ट स्पन्सर गर्ने जोखिम भएकाले आयोगले विशेष ध्यानाकर्षण गराएको हो । उम्मेदवार र तिनका समर्थकका फेसबुक, ट्वीटर, टिकटक लगायतका पेजमा पोस्ट स्पन्सर नगर्न आयोगले निर्देशन दिएको छ ।

Advertisement

मौन अवधि सुरु हुनुअघि नै सामाजिक सञ्जालमा पोस्ट स्पन्सर नगर्न, भएको भए हटाउन र त्यस्ता पेजमा भएको निर्वाचन आचारसंहिता विपरीतका चित्र, पोस्ट मेटाउन र नयाँ पोस्ट नगर्न अयोागले आग्रह गरेको हो । ती क्रियाकलापको नियमन गर्न आयोगले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।

मौन अवघिमा विभिन्न टेलिसेवा प्रदायक कम्पनीलाई प्रचारप्रसार गर्ने गरी कल, मेसेज तथा एसएमएस नगर्न पनि सेवा प्रदायक कम्पनीलाई नेपाल दूरसञ्चार प्राधिकरणमार्फत् आयोगले आवश्यक निर्देशन दिएको छ । मौन अवधि मंगलबार राति १२ बजेदेखि सुरु हुनेछ ।

चुनावलाई मध्यनगर गरी कास्कीमा पर्यटनसम्बद्ध व्यवसाय र रात्रिकालीन व्यवसायको सञ्चालन अवधि घटाइएको छ । २८ गतेसम्म राति ११ बजेसम्म र २९ गते राति ८ बजेसम्म चलाउन पाइने यी व्यवसाय ३० गते शुक्रबार भने पूर्ण रुपमा बन्द हुने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद रिजालले सोमबार सूचना जारी गरी यस्ता व्यवसाय ३१ वैशाखदेखि जेठ १० गतेसम्म राति ११ बजेसम्म चलाउन अनुमति दिएको छ । मंगलबारदेखि मदिराको बिक्रीसमेत बन्द गर्न प्रशासनले निर्देशन दिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया