बुद्ध मण्डलालाई सुखवतीको ९ लाख

पोखरा l
पोखरा १ सिम्पानीस्थित सुखवती बौद्ध गुम्बा लगायत विभिन्न सहयोगदाताले सोमार धर्मकाया बुद्ध मण्डला निर्माण एवम पितृ उद्धारका निम्ति ९ लाख २६ हजार रुपैयाँ सहयोग गरेका छन् ।
२५ सय ६६ औं बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत वैशाख अष्टमी तिथिमा सुखवती बौद्ध गुम्बा लगायत सहयोगीले पोखरा ११ काँहुडाडामा निर्माण हुने धर्मकाया बुद्धमण्डला सहयोगार्थ काहुँडाडास्थित बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिको कार्यालयमा आयोजित कार्यालयमा उक्त रकम डुब्सिन रिन्पोछे र अध्यक्ष रुद्रकुमारी मैना गुरुङलाई हस्तान्तरण गरिएको हो ।
मण्डला निर्माण एवम पितृ उद्धारका लागि सुखवती बौद्ध गुम्बाले संस्थागत १ लाख, क्या. रक्षेबहादुर गुरुङबाट १ लाख ५ हजार, क्या प्रेमबहादुर गुरुङ १ लाख ५, गुम्बाका सचिव माया गुरुङले १ लाख, सिम्पानी तमु समाजका संस्थापक अध्यक्ष क्या. धरमसिंह गुरुङले २ लाख, तीर्थकुमारी गुरुङले ५० हजार १ सय, सु. गणेशबहादुर गुरुङले ५० हजार ३५ रुपैयाँ, भीमकाली पाटन तमु समाजका पूर्व सचिव टेकबहादुर गुरुङबाट २५ हजार जुटेको थियो । सुखवती बौद्ध गुम्बाका अध्यक्ष बमबहादुर गुरुङबाट २० हजार ५ रुपैयाँ, गुम्बाका उपाध्यक्ष भक्तबहादुर गुरुङले १५ हजार ५ सय ५५, सकुनकुमारी गुरुङ १५ हजार १ सय, सूर्यबहादुर गुरुङले १५ हजार ५ रुपैयाँ प्रदान गरेका थिए ।
कार्यक्रममा सहयोगदातालाई डुब्सिन रिन्पोछेले धन्यवाद दिए । धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समिति अध्यक्ष रुद्रकुमारी (मैना) गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सुखवती बौद्ध गुम्बाका अध्यक्ष बमबहादुर गुरुङ, सचिव माया गुरुङ, कोषाध्यक्ष श्याम शाक्य, उपाध्यक्ष भरतराज शाक्य र सहसचिव हुमबहादुर गुरुङले बोलेका थिए ।
तपाईको प्रतिक्रिया