हिमाल कलेजका विद्यार्थी गण्डकीमा उत्कृष्ट

समाधान संवाददाता २०७९ वैशाख २७ गते १३:३५

पोखरा l
हिमाल कलेज अफ म्यानेजमेन्टका विद्यार्थीले गण्डकी प्रदेशकै उत्कृष्ट नतिजा ल्याएका छन् । बिबिएस दोस्रो वर्षको परीक्षामा सम्मिलित विद्यार्थीले गण्डकी प्रदेशकै सर्वोत्कृष्ट नतिजा हासिल गरेका हुन् ।

कलेजका प्रमुख हरि कार्कीले ०७७ सालको बिबिएस दोस्रो वर्षको परीक्षामा सम्मिलित विद्यार्थीले गण्डकी प्रदेशकै सर्वोत्कृष्ट नतिजा ल्याएको जानकारी दिए । परीक्षामा सम्मिलित २२ विद्यार्थीले ६७ प्रतिशत अंक ल्याएका छन् । गत सालको परीक्षामा पनि हिमाल कलेजका विद्यार्थीले गण्डकी प्रदेशकै उत्कृष्ट नतिजा हासिल गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया