‘पोखरालाई मानवताको सहरको रुपमा परिणत गर्छु’– कृष्ण थापा (अन्तर्वार्ता)

सञ्जय रानाभाट २०७९ वैशाख २७ गते २०:२१

पोखराको मेयरमा एमालेका उम्मेदवार कृष्ण थापा आचार्यसँग समाधानका सञ्जय रानाभाटले चुनावी योजना र रणनीतिबारे गरेको कुराकानी ः

—चुनावी अभियानलाई कसरी अगाडि बढाउनुभएको छ ?
अहिले जनताको घरदैलोमा पुग्ने काम भइरहेको छ । चुनावी घरदैलो गर्ने समय कम भएकाले सकेसम्म घरआगानमै पुग्ने नसके पनि टोलटोल वडाहरुमा कोणसभा गरेर आफ्ना योजना जनतासामु पु¥याएका छौं । यस अवसरमा जनताको माग र आवश्यकतालाई पनि बुझ्ने काम भइरहेको छ ।


—घरदैलोमा जाँदा कस्ता योजना लिएर पुग्नुभएको छ ?
हाम्रो मुख्य योजना भनेको पोखराको विकासका लागि तत्कालीन र दीर्घकालीन योजना अगाडि बढाउने हो । तत्कालीनमा दुईवटा योजना छ । यसमा पहिलोमा ५ वर्षभित्र गर्न सक्ने काम र दोस्रोमा १५ देखि २० वर्षको गर्ने कामको योजना छन् । दीर्घकालीनमा हामीले ४० देखि ५० वर्षको योजनाहरु लिएर आगाडि बढ्छौं । मुख्य त पोखराको देखिएको समस्या र पोखरेलीहरुको जिवनस्थर माथि उकास्ने कुरा नै हो । यसरी तत्कालीन गर्नुपर्ने कुरा र दीर्घकालीन गर्नुपर्ने कुरामा हाम्रो जोड हुन्छ । यसमध्ये शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिलाई पहिलो प्रथामिकतामा छन् । विकासका लागि आर्यस्रोत आवश्यक पर्ने भएकाले मुख्य त राजस्व बढाउने तिर हाम्रो ध्यान दिनुपर्छ भन्ने मैले सोचेको छु । यसका लागि करको दायरामा बढाउनुपर्ने देखिन्छ । अर्को पोखरालाई सुन्दर नगरी शहर बनाउन बसपार्कलाई व्यवस्थित गर्र्ने, सडक ट्राफिक लाइट, पोखराको प्राकृतिक र भौगोलिक अवस्थालाई हेरेर त्यहाँ विकास निर्माणका काम अगाडि बढाउने साथै अघिल्लो कार्यकालमा अगाडि बढेका योजनालाई सम्पन्न गर्ने मेरो योजना छ ।

Advertisement


हामी ३ वटा बस पार्क बनाउँछौं । पहिलो महानगरको लगानीमा पृथ्वीचोकमा सिटी बसपार्क बनाउँछौं । अर्को पोखरा ३२ मा लामेआलमा राष्ट्रिय स्तरको बसपार्क बनाउँछौं । त्यो बसपार्क प्रदेश सरकारसँग मिलेर सम्पन्न गर्छाैं । अर्को भनेको बागलुङ बसपार्कलाई स्थित उन्नति गरेर यसलाई व्यवस्थित गछौं । यो मेरो ५४ सालमै मेयर हुँदाको विचार हो । यति बेला “हाम्रो अभिभाराः स्वच्छ, सुन्दर पोखरा” नारा दिएर मैले काम सुरु गरेको थिए । त्यो सपना पूरा गर्न हामी अल्पकालीन र दीर्घकालीन योजना अगाडि बढाउँछौं । हाम्रो लक्ष्य भनेको पोखरालाई समृद्ध, सभ्य र सुसंस्कृत महानगर बनाउँछौं । देशकै सुविधा सम्पन्न महानगरका जुन महानगर आर्थिक रुपमा बलियो र जनताले अनुभूति गर्न सक्ने खालको हुन्छ ।


—जित्ने आधार के के छन् ?
पार्टीको इतिहास, पार्टीको संगठनिक संरचना नै हाम्रो पहिलो आधार हो । दोस्रो कुरा केपी ओलीको नेतृत्वमा भएका विकास निर्माणका काम जसले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा छ । त्यो अर्को आधार हो । तेस्रो आधार गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ र महानगरमा मानबहादुर जिसी, उपमेयर मञ्जुदेवी गुरुङ नेतृत्वले गरेको विकास नै हाम्रो अर्को जित्ने आधार हो । हाम्रो पार्टी जस्तो सुकै परिस्थितिमा पनि खटिएर काम सक्न सक्छ भन्ने जनताले बुझेका छन् । कोभिडको बेलामा हाम्रो तीनै तहको सरकारले गरेको कामका जनताले मुल्यांकन गरेका छन् । त्यो पनि हाम्रो आधार हो । अर्को भनेको उम्मेदवार पनि हो । हामीसँग सक्षम निष्कलंकित योग्यता राख्ने बौद्धिक, स्वाभिमानी देशको सफल उपमेयरमा दोहोरिनुभएको छ । म पनि यत्रो राजनीतिमा लागेको ४० वर्षदेखि पोखरामा जनताको सेवा गरेको छु । विकास निर्माणको कुरामा ध्यान दिएको छु । एउटा अनुभव छ । तत्कालिन पोखरा उपमहानगरपालिकाको मेयर चलाइसकेँ । यो सबै कुरा हेर्दा हाम्रो जित्ने आधार पक्का छ ।

Advertisement


—तपाईंले जित्नुभयो महानगरपालिका कस्तो बनाउनुहुन्छ ?
मेरो सपना पोखरालाई मानवताको सहरको रुपमा परिणत गर्ने हो । एउटा उच्च मानवता, सभ्य, सुसंस्कृति र संस्कार भएको सहर । जहाँ आर्थिक रुपमा सम्पन्न होस् । नागरिकले सजिलै आफ्नो गतिविधि सञ्चालन गर्न सकुन् । सुन्दर शान्त पोखरा होस् । जनताले प्रत्येक टोलटोल–घरघरमा विकास महसुस गर्न सक्ने महानगर बनाउन हाम्रो अर्जुन दृष्टि हुन्छ ।


—मेयर भएपछि सुरुआतमै पहिलो ४ वटा कामहरु के गर्नुहुन्छ ?
जनताले महसुस गर्ने खालको डेलिभरीलाई चुस्त दुस्त बनाउँछौं । जनतालाई जनमैन्त्री बनाएर कामको सुरुवात गछौं । महानगरभित्र भएका ढिलासुस्ती र भ्रष्टाचार अन्त्ये गछौं । अर्को कुरा शिक्षा र स्वास्थ्यलाई सहज बनाएर जनताको पहुँच बढाउँछौं । पोखरामा भएको अव्यवस्थित पार्किङ शुल्कलाई व्यवस्थित बनाउँछौं । जुन जनतालाई सेवा दिनेखालको हुन्छ । अर्को कुरा हामी महानगरको नेतृत्व समालेका ३ देखि ५ महिनाभित्र अल्पकालीन र दीर्घकालीन खालको योजना बनाएर तत्काल कार्यान्वनको चरणमा जान्छौं ।


—पोखरामा मुख्य प्रतिस्पर्धा तपाईंकै पूर्व सहकर्मी हुनुहुन्छ । यो प्रतिस्पर्धालाई तपाईंले कसरी हेर्नुभएको छ ?
यो सहकर्मीको कुरा हैन । परमादेशको आदेशबाट गठन भएको सरकार हो । त्यो गठबन्धन त्यसको पोलमा उहाँ हुनुहुन्छ । परमादेशलाई हटाएर जनताको जनाधारलाई स्थापित गर्ने पोलमा म छु । यसो भएको हुँदा हाम्रो फरक “परमादेश र जनादेशको” हो ।


—घोषणापत्रमा ठूलाठूला योजना समेट्नु भएको छ । कसरी कार्यान्वयन गर्नुहुन्छ ?
पाँच वर्ष सबै कुरा हुने होइन । यसका लागि हामी आधार निर्माण गर्छौं । हामी पाँच वर्षमा धेरैभन्दा धेरै गर्छौंं । महानगरभित्र गर्ने योजनालाई अल्पकालीन र दीर्घकालीन रुपमा अगाडि बढाउँछौं । केही दीर्घकालीन कामहरु बनाउन सक्छौं । सुरु भएपछि त ती काम पनि सम्पन्न हुन्छ नि कुनै हाइपोथेटिक योजनाहरु छैन । वास्तविक रुपमा आधारित छन् ।

—२५ वर्षपछि मेयरमा दोहोरिनु भयो नि ?
मेयरको उम्मेद्वार बन्न पाउनु मेरा लागि यो सौभाग्यको कुरा हो । २०४९ सालमा पोखरा नगरपालिका हुँदा पनि म मेयरको उम्मेद्वार थिएँ । २०५४ सालमा आईपुग्दा पोखरा उपमहानगरपालिका भयो । यति बेला पोखरा उपमहानगरपालिकाको मेयर भएँ । जनताको सेवा गर्न पाएको थिएँ । फेरि २५ वर्षपछि त्यो सौभाग्य, अहिले पार्टीले उम्मेद्वार बनाएर दिएको छ । संयोगले फेरि देशकै ठूलो महानगरपालिकाको उम्मेद्वार भएको छु । २०४९ सालदेखि २०७९ सम्म आइपुग्दा मेयरको उम्मेद्वार हुन पाउँदा मैले आफूलाई सौभाग्यशाली महसुस गरेको छु । महानगरमा मेयर जितेर फेरि जनताको सेवा खटिनेछु । पहिलो कुरा त म आउने भन्ने कुरा हैन ! पार्टीले गरेको निर्णयलाई सिरोपर गरेरको मात्र हुँ । पार्टीले मैलाई बनाउने निर्णय ग¥यो जुन कुरा मैले माने । अर्को कुरा म नै किन भन्दा स्वाभाविक रुपमा नयाँ मान्छे आउँदा फेरी कर्मचारीलाई महानगरको अवस्थाको बारेमा जान्न १÷२ वर्ष लाग्न सक्छ । मसँग त त्यो अनुभव छ । यसअघि मैले महानगर हाँकिसकेको छु । पोखरा बनाउनका लागि मसँग भिजन छ । यसले पोखरा बनाउन सक्छ । पार्टीलाई लाग्यो र मलाई अगाडि बढाएको मात्र हो ।


—पोखरामा पर्यटक भित्र्याउन तपाईंको योजना के हुन्छ । फेवाताल अतिक्रमण विषयलाई तपाईंको योजना कस्तो छ ?
पोखराको पर्यटक वृद्धि गर्न हामी पीपीई मोडलमा अगाडि बढ्छौं । यसमा सबैको अपनत्व फिल गराउँछौं । फेवातालमा धेरै समस्या छन् । ती समस्यालाई निराकरण गर्न मेयरका कुर्चीमा बसेपछि स्थानीय, सरोकार पक्ष, विज्ञहरुको सल्लाह लिएर फेवाताको विषयमा बुुझेर तत्काल काम गछौं । फेवातालको मापदण्ड सीमांकनको समस्या समाधान गर्ने कुरा मेरो प्रथामिकतामा छ । सबैको सल्लाहमा अगाडि बढ्छौं ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया