मुस्ताङका ५ वटै तहमा मतगणना स्थल निर्माण सम्पन्न

जोमसोम
स्थानीय तह निर्वाचन २०७९ का लागि हिमाली जिल्ला मुस्ताङका ५ वटै स्थानीय तहमा मतगणना स्थलको तयारी सकिएको छ । घरपझोङ गाउँपालिकामा मुख्य निर्वाचन कार्यालय जोमसोम, लोमान्थाङको लोमान्थाङ ,लोघेकर दामोदरकुण्डको चराङ,वारागुङ मुक्तिक्षेत्रको कागबेनी र थासाङ गाउँपालिकाको कोवाङमा मतदान केन्द्र क्षेत्र तोकी निर्वाचन मतगणना स्थल निर्माणकार्य मंगलबार सम्पन्न भईसकेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।
यसैगरी स्थानीय तह निर्वाचनका लागि जिल्लाको ३८ वटै मतदान केन्द्रमा ३८ जना निर्वाचन अधिकृत,३८ जना सहायक मतदान अधिकृत र ५ जना जगेडा निर्वाचन अधिकृत गरी कुल ८१ जनाका कर्मचारीहरु निर्वाचन सामाग्रीसहित सम्वन्धित मतदान केन्द्रमा पुगिसकेका छन् ।
यसअघि सोमबार जिल्ला निर्वाचन कार्यालय जोमसोमले ३८ वटै मतदान केन्द्रमा खटिने कर्मचारीलाई निर्वाचन सामाग्री जिम्मा लगाएको थियो । उनीहरुसंगै म्यादी प्रहरी,जनपथ प्रहरी र सशस्त्र प्रहरीको झन्डै ५ सय भन्दा बढी सुरक्षाकर्मी समेत मतदान केन्द्रमा खटिसकेका छन् । प्रत्येक मतदान केन्द्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको मोवाईल टिम समेत परिचालन गरिएको प्रजिअ शर्माले जानकारी दिए । निर्वाचनलाई निश्पक्ष,पारदर्शी,भयरहित वातावरणमा सम्पन्न गर्न सबै मतदान केन्द्रमा सुरक्षा गस्ती चुस्त पारिएको छ ।

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन कार्यक्रमका लागि मतदान केन्द्रमा पुगिसकेका निर्वाचन अधिकृतहरुले बुधबार र बिहिबार सम्वन्धित मतदान केन्द्रमा मतदाता शिक्षा दिने मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञवालीले जानकारी दिए ।यसअघि ३८ वटै मतदान केन्द्रमा खटिने कर्मचारीहरुलाई निर्वाचन सम्वन्धित आवश्यक तालिम दिईएको थियो ।
स्थानीय तह निर्वाचनका लागि बुधबार देखि मतदान स्थलको आवश्यक पूर्वाधार निर्माण र निर्वाचन सम्वन्धि आवश्यक तयारी समेत अघि बढाईने मुख्य निर्वाचन अधिकृत ज्ञवालीले बताए ।
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्यादी प्रहरी र प्रहरीले पहिलो घेरामा सशस्त्र प्रहरीले दोश्रो घेरामा र नेपाली सेनाले तेश्रो घेरामा सुरक्षा प्रदान गर्ने जनाईएको छ ।

फोटो ः
मुस्ताङका ५वटै तहमा मतगणना स्थल निर्माण सम्पन्न ।







१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया