‘बाँदर धपाउन बन्दुक पड्काउँदैनौँ, शहर झरेकालाई फर्काउने प्रयास गर्छौं’

पोखरा ।
नेकपा एमाले मादी गाउँपालिका कमिटीले निर्धारित चुनावी अभियान सकेको छ ।
मंगलबार मादी ४ तारकाङमा सभा गरेर एमालेले गत १६ वैशाखदेखि सुरु भएको मतदाता भेटघाट सकेको हो । मंगलबार मध्यरात १२ बजेदेखि मौन अवधि सुरु हुने भएकाले अब प्रचारका कार्यक्रम गर्न पाइँदैन । मादीमा एमालेबाट गाउँपालिका अध्यक्षमा शिवबहादुर गुरुङ ९महेन्द्र० र उपाध्क्षमा कल्पना गुरुङ उम्मेद्वार छन् ।
सभामा बोल्दै अध्यक्ष उम्मेद्वार महेन्द्रले गाउँका उत्पादनलाई बजारीकरणको व्यवस्था गर्ने प्रतिबद्धता जनाए । गाउँका स्थानीयलाई असर नपर्ने ठाउँमा वधशाला बनाउने उनले बताए । ‘दुध–घ्यू बेच्नेमात्रै होइन । दुध दिन छोडेपछि मासुमा परिणत गर्न गाउँमा कसैलाई असर नपर्ने ठाउँमा बधशाला बनाएर यहाँ उत्पादन भएको मासुलाई बजारसम्म व्यवस्थापन गर्न चाहन्छौँ,’ उनले भने ।
शहर झरेका मादीबासीलाई गाउँ फर्काउन पहल गर्ने महेन्द्रले बताए । ‘मान्छे बजारतिर बस्छन्, यता खेतीपाती छ । घरमा कोही नभएपछि जंगलको बाँदर घरमा पस्छन् । बाँदर धपाउन हामी बन्दुक पड्काउँदैनौँ,’ महेन्द्रले थपे, ‘बन्दुकको आवाजले चराचुरुङ्गीलाई नोक्सान हुन्छ । हामी शहरमा भएका गाउँबासीलाई गाउँ फर्काउन पहल गर्छौं ।’ विपक्षीले पैदा गरेका भ्रममा नपर्न उनले मादीका मतदातालाई आग्रह गरे ।
उपाध्यक्ष उम्मेद्वार कल्पना गुरुङले कुनै विवादित काम नगरी निष्पक्ष भएर विकास निर्माणमा खटिने प्रतिबद्धता जनाइन् । ‘संस्थापक नेतृत्वले गरेको काम जुन बाँकी छन् तिनै जगमा टेकेर बाँकी कामलाई पूर्णता दिने छु ।
मादीमा नेकपा ९एमाले०बाट अध्यक्षमा महेन्द्र, उपाध्यक्षमा कल्पनासँगै मादी १ मा उमरबहादुर गुरुङ, २ मा एकाजंग गुरुङ, ३ मा ज्यामप्रसाद गुरुङ, ४ मा शिवप्रसाद सापकोटा, ५ मा सुब्बा गुरुङ, ६ मा डिलबहादुर क्षेत्री, ७ मा रामप्रसाद गुरुङ, ८मा प्रेमबहादुर गुरुङ, ९ मा मनोजकुमार गुरुङ, १० मा रामराज सुवेदी, ११ मा सिंहमान तामाङ र १२ मा प्रकाश बराल उम्मेद्वार छन् ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया