युन सुक बने दक्षिण कोरियाली राष्ट्रपति
समाधान संवाददाता
२०७९ वैशाख २८ गते ११:०७

युन सुक योलले दक्षिण कोरियाको राष्ट्रपतिको सपथ लिएका छन् । राजधानी सिउलको नेसनल एसेम्बलीमा आयोजितसमारोहमा योलले दक्षिण कोरियाको १३ औं राष्ट्रपतिको रूपमा सपथ लिएका हुन् ।
आणविक हतियार सम्पन्न उत्तर कोरियासँग तनाव बढिरहेका बेला योलले सपथ लिएका हुन् । ‘म जनतासामु गम्भीरताका साथ सपथ लिन्छु कि म राष्ट्रपतिका कर्तव्य इमानदारीका साथ पूरा गर्नेछु’, सपथमा उनले भने । नवराष्ट्रपति सुक योलले आफूले उत्तर कोरियासँग वार्ताको ढोका सधैँ खुला राख्ने पनि बताए । ‘हामी सबै समस्याको समाधान शान्तिपूर्ण रूपमा वार्ताबाट गर्न सकिन्छ भन्ने विश्वास गर्छौँ। त्यसैले हामी सबैसँग वार्ताको ढोका खुला राख्दछौँ’, उनले भने ।
एजेन्सी
सम्बन्धित








कास्कीमा १७ हजार बढी नयाँ मतदाता थप
सामुदायिक सेवा केन्द्रलाई सहयोग
‘विद्यार्थीलाई साइबर अपराधबाट जोगाऔं’
कृषिबाट पर्यटनतर्फ ठिनी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया