आचारसंहिता उल्लघंन आरोपित पोखरा १६ वडाध्यक्ष निर्दोष
समाधान संवाददाता
२०७९ वैशाख २९ गते १०:५२
पोखरा l
निर्वाचन आचारसंहिता उल्लघंन गरेको आरोप लागेका पोखरा महानगर वडा नम्बर १६ का वडा अध्यक्षका जीवनकुमार आर्चाय निर्दोष भेटिएका छन् ।
मतदातालाई प्रभावित पार्न पैसा बाड्दै गरेको भन्ने उजुरीमा वैशाख २८ गते प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुगमन समितिको जिम्मा लगाएको थियो । अनुसन्धानको क्रममा आचार्यले बाड्दै गरेको भनिएको रकम तथा अन्य प्रमाण नभेटिएपछि उनलाई अनुगमन समितिले मुक्त गरेको छ ।
समितिले आचार्यको साथबाट जम्मा ४ हजार नगद फेला पारेको बताएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया