
पोखरा l
स्थानीय निर्वाचनका लागि पोखरा महानगरमा ३९ जना महिला मतदान अधिकृत छन् । महानगरका २४२ मतदान केन्द्रमध्ये ३९ केन्द्रमा महिला अधिकृत खटाइएको प्रदेश निर्वाचन अधिकारी हुमनाथ पराजुलीले जानकारी दिए ।
पोखरा महानगरपालिका वडा नम्बर ६ बैदामको अन्नपूर्ण आधारभूत विद्यालय मतदान केन्द्रमा अधिकृतदेखि सहयोगीसम्म सबै महिला कर्मचारी खटाइएको पराजुलीले बताए । पोखरामा मतदान अधिकृतदेखि सबै कर्मचारी खटाएको योमात्र एउटा मतदान केन्द्र हो ।
कास्कीमा निर्वाचनका लागि २ हजार ६ सय ८५ कर्मचारी तथा स्वयंसेवक परिचालित छन् । त्यसमध्ये ३९ जना मतदान केन्द्रको प्रमुख महिला कर्मचारी छन् । महिलाले पनि मुख्य जिम्मेवारी पाउनुपर्छ भन्ने उद्देश्यले जिल्लामा एउटा मतदान केन्द्रमा महिला कर्मचारीमात्र खटाउने योजना बनेअनुसार अन्नपूर्ण आवि केन्द्रमा महिलामात्र खटाइएको निर्वाचन अधिकृत कार्यालय पोखराका प्रमुख पराजुलीले बताए ।
जानकी माध्यमिक विद्यालय महतगौडा १७ (क) मतदान केन्द्रकी मतदान अधिकृत कमला राना मगरले पहिलोपटक अधिकृतको जिम्मेवारी सम्हालेकाले सुरुमा नर्भस भएको तर काम गर्दै जाँदा सजिलो भएको बताइन् । ‘पुरुषले सक्ने महिलाले नसक्ने भन्ने हुँदैन, पुरुष बराबर नै महिलाले काम गर्न सक्छन्,’ उनले भनिन् । राना स्वास्थ्यकर्मी हुन् ।
मतदान अधिकृतको जिम्मेवारी सम्हालेको यो दोस्रो अनुभव भएको वडा कार्यालय मालेपाटन ५ (ख) मतदान केन्द्रकी मतदान अधिकृत कल्पना बरालले भनिन् । पहिला पनि गरेकाले अनि अन्य कर्मचारीको सहयोगमा काम गर्दा सजिलो भएको उनले बताइन् । मंगलबार मुख्य निर्वाचन कार्यालयबाट निर्वाचन सामग्री बुझेर मंगलबार नै मतदान केन्द्रमा आएको उनले सुनाइन् । नयाँ मतदाता परिचयपत्र वितरण गरेको र बिहीबार मतदान केन्द्र निर्माण गर्ने उनले बताइन् । बराल महानगरपालिकामा कार्यरत कर्मचारी हुन् ।
शिवशक्ति माध्यमिक विद्यालय फूलबारी ११ (ख) मतदान केन्द्रकी मतदान अधिकृत सिर्जना खनालले निर्वाचनको तयारी लगभग सबै तयारी पूरा भएको जानकारी दिइन् । नयाँ मतदाता परिचयपत्र वितरण तथा केन्द्र निर्माण गरेको उनले बताइन् । पहिलोपटक भएपनि अन्य कर्मचारीको सहयोगमा काम गर्न सजिलो भएको सुनाइन् ।
पोखरामा ९८ मतदान स्थल छन् । २४२ मतदान केन्द्र छन् । मतदाता २ लाख ७ हजार ७ सय पाँच मतदाता छन् । पुरुष मतदाता ९७ हजार ७०, महिला मतदाता १ लाख १० हजार ६ सय ४१ र तेस्रो लिंगी एकजना छन् ।
बढीमा १ हजार ६५ जना मतदाता हुने गरी एउटा मतदान केन्द्र तयार भएको जानकारी प्रदेश निर्वाचन अधिकारी पराजुलीले दिए । एउटा मतदान केन्द्रमा ५ जना कर्मचारी र ३ सय स्वयंसेवक परिचालित रहेको अधिकारी पराजुलीले बताए । मतदान शुक्रबार बिहान ७ बजेदेखि साँझ ५ बजे सम्म हुनेछ ।
स्थानीय निर्वाचनका लागि पोखरा ६ स्थित अन्नपूर्ण आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएका कर्मचारी महिला । यहाँ खटाइएका सबै महिला कर्मचारीमात्रै खटाइएको छ ।
तस्बिर: समाधान

प्रमिला कुँवर
पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया