शिक्षालयका बिदा कटौती

समाधान संवाददाता २०७९ वैशाख २९ गते १४:२१

काठमाडौं l
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक संस्थाको हिउँदे, वर्षे र स्थानीय बिदा कटौती गर्ने निर्णय गरेको छ । सरकारले शनिबार र आइतबार गरी हप्तामा २ दिन बिदा दिने निर्णय गरेपछि शैक्षिक संस्थामा पढाइ हुने दिन घट्न नदिन हिउँदे, वर्षे र स्थानीय विदा कटौती गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।

‘सम्बन्धित निकायले हप्ताको दुई दिन बिदा गर्दा पाठ्यघण्टा घट्न नदिन ५ दिन १० देखि ४ बजेसम्म र हिउँदे, वर्षे र स्थानीय विदा कटौती गरी वर्षभरिमा अधिकतम ३० दिनसम्म बिदा दिन सक्नेछन्’ उनले भने । यसअघि हिउँदे र वर्षे बिदा गरी ४५ दिन, स्थानीय बिदा ५ दिन दिने व्यवस्था थियो ।

प्रवक्ता शर्माले विद्यालयको हकमा सम्बन्धित पालिकाले, प्राविधिक शिक्षाका हकमा सीटीइभीटीले र विश्वविद्यालयको हकमा विश्वविद्यालय अनुदान आयोगले बिदा व्यवस्थापन गर्नुपर्ने बताए । सरकारले हप्ताको दुई दिन बिदा दिने निर्णय गरेपछि पाठ्यघन्टा घट्न नदिन मन्त्रालयले सरोकारवालासँग छलफल गरेको थियो । सोही छलफलका आधारमा हिउँदे, वर्षे र स्थानीय विदा कटौती गरेको प्रवक्ता शर्माले बताए ।

Advertisement

शिक्षा नियमावली अनुसार १ शैक्षिक सत्रमा २ सय २० दिन विद्यालय खुल्नुपर्ने र १ सय ८० दिन पठनपाठन हुनुपर्ने व्यवस्था छ । त्यस्तै एक शैक्षिक सत्रमा १ हजार २४ घन्टा पाठ्यभार हुनुपर्ने व्यवस्था छ ।

Advertisement

तपाईको प्रतिक्रिया