बैंकमा हप्तामा २ दिन बिदा

काठमाडौं l
अब बैंकहरुमा पनि साताको दुई दिन सार्वजनिक बिदा हुने भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै शनिबार र आइतबार साप्ताहिक बिदा दिने घोषणा गरेको हो ।
सरकारले जेठ १ गतेदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरेसँगै राष्ट्र बैंकले पनि कार्यालय खुल्ने समय संशोधन गरेको हो । आगामी जेठ १ गतेदेखि लागू हुनेगरी साप्ताहिक बिदा बढेसँगै अब सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय साढे ९ देखि साढे ५ बजेसम्म खुल्ने राष्ट्र बैंकले बताएको छ । तर कात्तिक १६ देखि माघ १५ गतेसम्म भने बिहान साढे ९ देखि अपरान्ह साढे ४ बजेसम्म कार्यालय खोलिने समय तालिका छ ।
बैंकिङ कारोबार समय सोमबारदेखि शुक्रबारसम्म बिहान साढे ९ देखि साँझ ४ बजेसम्म र कायम गर्ने तर कात्तिक १६ देखि माघ १५ गतेसम्म बैंकिङ कारोबार समय बिहान साढे ९ देखि अपरान्ह साढे ३ सम्म कायम रहने बताइएको छ । केन्द्रीय बैंकले ०७९ सालका लागि निर्धारण गरिएका दसैं र तिहारका लागि सार्वजनिक बिदाबाहेक अन्य बिदा लगातार २ दिनभन्दा बढी भएमा तेस्रो दिनदेखि बैंकिङ विभाग र मुद्रा व्यवस्थापन विभागबाट प्रवाह हुने सेवा, भुक्तानी प्रणाली विभागबाट प्रवाह हुने आरटिजीएस (रियल टाईम ग्रस सेटलमेन्ट) सेवा, मौद्रिक व्यवस्थापन विभागबाट प्रवाह हुने सेवालगायत अन्य अत्यावश्यक सेवाहरु, अत्यावश्यकिय बैंकिङ सेवालाई नियमित गरिने बताएको छ ।
राष्ट्र बैंकका अनुसार कार्यालय हप्तामा २ दिन बिदा हुन थालेपछि साताभर सम्पन्न गरिएका कार्यहरुको सूची, दैनिकी तथा सेवा प्रवाहको संख्या अध्ययन तथा मूल्यांकनका लागि अभिलेखमा राखिनेछ ।









लेखनाथ खानेपानीद्वारा कर र ब्याजदरमा सहुलियतको माग
खनाललाई लेखनाथ र अधिकारीलाई शेर–विष्णु पत्रकारिता पुरस्कार प्रदान
कठ्याङ्ग्रिँदो चिसोमा पनि मुक्तिनाथमा दर्शनार्थीको चहलपहल
समानुपातिक सूची सच्याउँछाैँ : रवि लामिछाने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया