अपर हेवाको आइपिओ जेठ १० बाट

समाधान संवाददाता २०७९ वैशाख २९ गते १६:५३

काठमाडौं l
अपर हेवाखोला हाइड्रोपावरले आयोजना प्रभावित स्थानीयका लागि जेठ १० गतेदेखि साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित संखुवासभा जिल्लाका स्थानिय बासिन्दालाई आइपिओ निष्कासन गर्ने भएको छ ।

स्थानीय बासिन्दालाई ५ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । आइपिओमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउनेछ । आइपिओमा जेठ २४ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा असार ८ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त अवधिमा पनि स्थानीयका लागि निष्कासन गरेको सेयर नबिकेमा नबिकेको सेयर सर्वसाधारणका लागि निष्कासन गरिनेछ ।

आइपिओको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल छ । आवेदनकर्ताले एनएमबी क्यापिटल नागपोखरी काठमाडौं, अपर हेवाखोला कम्पनी अनामनगर, काठमाडौंबाट आवेदन दिन सक्नेछन् । यस्तै प्राइम कमर्सियल बैंक, प्रभु बैंक र सिद्धार्थ बैंकको खाँदबारी शाखाबाट अवेदन दिन सकिनेछ ।

Advertisement

प्राइम बैंकको तुम्लिङटार र सभापोखरी शाखा, ग्लोबल आइएमई बैंकको चैनपुर र नेपाल बंगलादेश बैंकको पाँचखपन शाखाबाट पनि आवेदन दिन सकिनेछ । आवेदनकर्ताले धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति लिएका बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन पाउँछन् ।

Advertisement

तपाईको प्रतिक्रिया