स्याङ्जामा दुर्घटना मृत्यु हुने १४ जनाकाे सनाखत

समाधान संवाददाता २०७९ वैशाख ३० गते १७:१८

पोखरा ।
स्याङ्जामा मतदाता बोकेको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु र १२ जना घाइते भएको छन् । स्याङ्जाको सिख्रेबाट वालिङतर्फ जाँदै गरेको ग २ प ३०२६ नम्बरको जीप वालिङ नगरपालिका १४ पञ्चमुल अर्खलबासमा दुर्घटना भएको हो । अर्खलबासस्थित भित्री सडक खण्डबाट जीप ५०० मिटर तल खसेको स्याङ्जाका जिल्ला प्रहरी कार्यालयका डीएसपी रवीन्द्र खनालले बताए ।

Advertisement


दुर्घटनामा मृत्यु हुनेहरु वालिङ नगरपालिका– १४ पञ्चमुल अर्खलबासका एउटै वडाका भएको डिएसपी खनालले बताए । ५० वर्षका कुलदीप कुँवर, ९ वर्षका प्रविण कुँवर, ६३ वर्षकी माया पुन, ५० वर्षकी टेककला कुँवर, ५० वर्षकी डेम कुमारी कुँवर, ८६ की हरिकला कुँवर, ७० वर्षकी भीमकला कुँवर, मृत्यु हुने अन्यमा ७० वर्षकी मुवाकुमारी कुँवर, ४३ वर्षकी पोटकुमारी कुँवर, ४३ वर्षकी जानुका कुँवर, ४२ वर्षकी ज्ञान दली कुँवर, ५० वर्षकी मीना कुँवर, २५ वर्षकी जमुना कुँवर, र उमेर नखुलेकी फूलदेवी कुँवरको मृत्यु भएको हो ।


जीप चालक भुलबहादुर कुँवर गम्भीर घाइते भएका छन् । उनीसहित ज्ञानमाया कुँवर, सरस्वती कुँवर, बेलमाया कुँवर, गौतमी थापा, कविता कुँवर, अनिष कुँवर, कुशल कुँवर, सीता कुँवर, ज्यामकली कुँवर र कौशल कुँवरको मृत्यु भएको हो । उनीहरुलाई उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेज पठाइएको खनालले बताए । ५५ वर्षका नेत्रबहादुर कुँवरको अवस्था सामान्य भएकाले वालिङमै रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको डिएपी खनालले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया