गोरखाको ताराखसे मतदान केन्द्रमा गोली चल्यो, कर्मचारी घाइते
समाधान संवाददाता
२०७९ वैशाख ३० गते १७:३३

पाेखरा ।
गोरखा स्थानीय तह निर्वाचनअन्तर्गत गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर २ स्थित ताराखसे मतदान केन्द्र ९सिद्धकाली मावि०मा गोली चलेको छ। मतदानका क्रममा कांग्रेस, माओवादी र एमालेका कार्यकर्ताबीचको विवाद उग्र रुप लिँदा स्थिति तनावग्रस्त बनेका बेला अज्ञात व्यक्तिले गोली चलाएको हो।
निर्वाचन अधिकृत खिमानन्द गौतमले अज्ञात व्यक्तिले गोली चलाएको र अनुसन्धान भइरहेको जानकारी दिए। उनकाअनुसार ५५ प्रतिशत मत खसेको र करिब ८० जना लाइनमा रहेको अवस्थामा गोली चलेको हो। निर्वाचनमा खटिएकी २२ वर्षीया मनिषा थापालाई गोली लागेको छ। थापालाई एम्बुलेन्स मगाएर अस्पताल लगिएको छ। मतदान केन्द्र तनावग्रस्त मतदान सकिन आधा घण्टा बाँकी रहँदा मतदान रोकिएको छ। घटनास्थलमा नेपाली सेनाको सहित थप सुरक्षाकर्मी परिचालन गरिएको छ।
सम्बन्धित
१








ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया