मुस्ताङमा एमालेका दुई वडाध्यक्ष बिजयी

समाधान संवाददाता २०७९ वैशाख ३१ गते २:३८

जोमसोम–
हिमाली जिल्ला मुस्ताङमा नेकपा एमालेका २ वडाध्यक्ष बिजयी भएका छन् ।यस्तै, नेपाली कांग्रेसबाट एक दलित महिला सदस्य बिजयी भएका छन् ।
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ मा नेकपा एमालेका वडाध्यक्ष १३० मत प्राप्त गरी बिजय भएका हुन् ।उनका निकतम् प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवारले ९६ मत प्राप्त गरे ।
यस्तै,मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–५ मा नेकपा एमालले एक वडाध्यक्षसहित ४ सदस्य जितेको छ भने नेपाली कांग्रेसकी एक दलित सदस्य बिजय भएकी हुन् । वारागुङ मुक्तिक्षेत्र–५ मा एमालेका वडाध्यक्ष पदका उम्मेदवारले १६२ मत र नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवारले ११९ मत प्राप्त गरे ।
लोघेकर दामोदरकुण्ड गापामा वडा नं. १ र २ को मत गनिसक्दा एमालेका उम्मेदवार लोप्साङ छोम्फेल बिष्टले अंग्रता लिएका छन् । एमालेका उम्मेदवारले अध्यक्ष पदमा ३८३ मत प्राप्त गर्दा एकिकृत समाजवादीले १०७ मत पाएको छ । उपाध्यक्ष पदमा एमाले उम्मेदवार छिरिङ ल्हामो गुरुङले ३५२ मत पाउँदा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी गुरुङले १२८ मत पाएकी छिन् ।
मुस्ताङको घरपझोङ गाउँपालिकामा अध्यक्ष पदका लागि नेपाली कांग्रेसका मोहनसिंह लालचनले २८० मत पाउँदा एमालेका उम्मेदवार संञ्जयकुमार थकालीले २०५ मत पाएका छन् । उपाध्यक्ष पदमा कांग्रेसकी जमुना थकालीले १८९ मत पाउँदा एमाले उम्मेदवार मिमकुमारी शेरचनले १२० मत पाएकी छिन् । राप्रपा उम्मेदवार कमला लालचन अधिकारीले १७० मत पाएकी छिन् । घरपझोङमा वडा १ र २ को मतगणना सकिएर वडा नं. ३ को मतगणना जारी छ ।

तपाईको प्रतिक्रिया