पोखरामा सर्वदलीय बैठक सकियो, मतगणना २ बजे
समाधान संवाददाता
२०७९ वैशाख ३१ गते ११:२२
पोखरा l
पोखरामा मतगणना प्रक्रियाका लागि सवर्दलीय बैठक सकिएको छ । दल र स्वतन्त्र उम्मेदवार लगायतसँग मुख्य निर्वाचन अधिकृतको कार्यालयले छलफल भएको हो ।
बैठक समापन पछि लगत्तै मतगणना सुरु गरिने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । निर्वाचन अधिकृतको कार्यालयले महानगरको मतगणना शहीदचोक जिल्ला समन्वय समिति र उपत्यका नगर विकास समितिको हलमा गर्दै छ ।
पोखरामा मत गणना २ बजेपछि हुने भएको छ । त्यसअघि दलका प्रतिनिधिहरुको नाम लेखाउने लगायत काम गरिनेछ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया