मनाङ डिस्याङ गाउँपालिकामा एमालेका अध्यक्षमा कान्छा घले निर्वाचित

समाधान संवाददाता २०७९ वैशाख ३१ गते ११:४२

पोखरा ।
मनाङको मनाङ ङिस्याङ गाउँपालिका अध्यक्षमा नेकपा एमालेका कान्छा घले विजयी भएका छन् । घलेले ८ सय ६१ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । घलेका प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार छिरिङ ओङमा गुरुङ (घले) ७ सय १३ मत ल्याए ।


उपाध्यक्षमा एमालेकै समर्थनमा उठेका स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ ७ सय ४४ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी काँग्रेसका रिन्जेन धोर्जे गुरुङले ७ सय १९ मत ल्याए ।

Advertisement

तपाईको प्रतिक्रिया