पोखराको मतगणना २ बजेबाट सुरु हुने

समाधान संवाददाता २०७९ वैशाख ३१ गते १२:०८

पोखरा ।


पोखरा महानगरपालिकामा मतगणना दिउँसो २ बजेबाट सुरु हुनेभएको छ । शनिबार बिहान बसेको सर्वदलीय वैठकपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिउँसो २ बजेबाट गणना गर्ने भनेर निर्वाचन कार्यालयका सूचना अधिकारी निल पनेरुले जानकारी दिए ।


गन्न ८ खाल गरेर गणना हुने निर्वाचन कार्यालयका निल पनेरुले बताए । मतगणना पोखरा नगर विकास समिति र जिल्ला समन्वय समितिका हलमा मतगणना हुने उनले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया