तनहुँका दुई पालिकामा एमाले एकमा माओवादीको अग्रता

स्थानीय तहको निर्वाचनअन्तर्गत जारी मतगणनामा तनहुँका दुई पालिकामा नेकपा (एमाले) र एक पालिकामा नेकपा (माओवादी) केन्द्रले अग्रता लिएको छ । प्राप्त मतपरिणामअनुसार जिल्लाको म्याग्दे र घिरिङ गाउँपालिकामा एमालेले अग्रता लिएको छ भने बन्दीपुर गाउँपालिकामा माओवादीले अग्रता लिएको छ ।
नौ सय मतगणना हुँदा म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार श्रीप्रसाद श्रेष्ठले ४६८ र नेपाली कांग्रेसका मायादेवी रानाले ३४४ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा एमालेकै रत्ना घिमिरेले ३७४ र नेपाली कांग्रेसका बालकृष्ण घिमिरेले ४१६ मत प्राप्त गरेका छन् । घिरिङ गाउँपालिकाको अध्यक्षमा एमालेका होमबहादुर थापाले ३०० मत प्राप्त गरेका छन् भने कांग्रेसका गङ्गा कुमाले १७५ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा एमालेकी राधा अधिकारीले ३१२ मत प्राप्त गरेकी छन् भने गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका पूर्ण थापाले १३६ मत प्राप्त गरेका छन् ।
बन्दीपुर गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका पूर्णसिं थापाले ३५०, एमालेका सुरेन्द्र थापाले २९८ र नेपाली कांग्रेसका धु्रवलाल प्रधानले २६१ मत प्राप्त गरेका छन् । भिमाद नगरपालिकामा पनि मतगणना सुरु भए पनि मतपरिणाम सार्वजनिक भएको छैन । ऋषिङ गाउँपालिकामा बिहान १०ः३० बजेदेखि मतगणना सुरु गर्ने तयारी गरिएको थियो । शुक्लागण्डकी नगरपालिकामा पनि मतगणनाको तयारी थालिएको छ भने भानु नगरपालिकामा सर्वदलीय बैठक बस्दैछ ।








पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया