बागलुङका तीन पालिकामा गठबन्धनको अग्रता

बागलुङ ।
बागलुङका तीन पालिकामा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । गलकोट नगरपालिकाको प्रमुखमा कांग्रेसका भरत शर्मा गैरेले ५२९ मत ल्याएर अग्रता लिएका छन् । नेकपा (एमाले)का पूर्ण काउचाले ३५० र स्वतन्त्र उम्मेदवार मञ्जु शर्माले १५९ पाएकी छन् ।
उपप्रमुखमा माओवादीका फमलाल निउरेले ४९४ मतले अग्रता लिएका छन् । एमालेका रुपा विकले ३६५ र स्वतन्त्र उमेदवार तिलक उप्रेतीले ५५ मत पाएका टन्। ताराखोला गाउँपालिकामा अध्यक्ष पदमा माओवादीका धनबहादुर विकले २९४ मतले अग्रता लिएका छन् । एमालेका ऋषिराम रोकाको ५२ र स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीको ९४ मत छ । उपाध्यक्षमा कांग्रेसका भीमबहादुर रोकाको २९६ एमालेकी थममाया घर्तीले १०२ मत पाएका छन् ।
निसीखोलामा पनि गठबन्धनले अग्रता लिएको छ । अध्यक्षमा कांग्रेसका सूर्यबहादुर घर्तीले १४७ मतले अग्रता लिएका हुन् । एमालेका भूमिराज घर्तीमगरले ११३ मत पाएका छन् । उपाध्यक्षमा माओवादीका प्रेमबहादुर घर्तीले १०५ र एमालेका भोटु चन्दले ७४ मत पाएका छन् । जिल्लाका अन्य सात पालिकामा मतगणनाको तयारी भइरहेको छ ।








सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया