तनहुँकाे भीमादमा एमालेकाे अग्रता
समाधान संवाददाता
२०७९ वैशाख ३१ गते १४:०९
पाेखरा ।
तनहुँ जिल्लाकाे भीमाद नगर पालिकामा नेकपा एमालेका उमेद्वारले अग्रता लिएका छन् ।
पछिल्लाे मत परिणााम अनुसार १३५५ मत गणना हुँदासम्म एमालेका दधिराज सुवेदीले ६६९ मत पाएका छन् भने उनका प्रतिद्वन्दी नेकपा एसका काजिमान श्रेष्ठले ४५१ मत पाएका छन् ।
उपमेयरमा पनि एमाल नै अग्रता लिएकाे छ । गठबन्धनकाे तर्फबाट काग्रेसका उमेदवार मिलन आलेलाई पछि पार्दै एमालेकी शारदा खनालले अग्रता लिएकी छन् । शारदाले ६४१ मत पाएकी छन् भने आलेले ५५३ मत ल्याएका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया