
पोखरा ।
पोखरा महानगरपालिकामा मतगणना सुरु हुनेभएको छ । शनिबार बिहान बसेको सर्वदलीय बैठकले २ बजेबाट गणना सुरु गर्ने निर्णय गरेपनि केही ढिला गरेर मतगणना सुरु भएको हो ।
मुख्य निर्वाचन कार्यालयका सूचना अधिकारी निल पनेरुका अनुसार दिउँसो ४ बजेर ३० मिनेटबाट मतगणना सुरु भएको हो । पोखरा नगर विकास समिति र जिल्ला समन्वय समितिका हलमा मतगणना भएका छ । नगर विकास समिति र जिससमा गरेर ६ खाल गरेर मतगणना गरिने मुख्य निर्वाचन कार्यालयका सूचना अधिकारी पनेरुले जानकारी बताए । पनेरुका अनुसार महानगरका १, १२ र २२ मतगणना सुरु भएको हो ।
पोखरा महानगरपालिकामा शुक्रबार भएको मतदानमा ६८.९५ मत खसेको थियो । मुख्य निर्वाचन कार्यालयले शुक्रबार बेलुका मतपेटीका संकलन गरेको थियो । भने बिहान सर्वदलीय बैठक बसेको थियो । शुक्रबार भएको मतदानमा १ लाख ४३ हजार २ सय २६ मत खसेको मुख्य निर्वाचन कार्यालयका सूचना अधिकारी पनेरुले जानकारी दिए । पोखरामा २ लाख ७ हजार ७ सय १२ मतदाता थिए ।
पोखराको मेयरमा एमालेबाट कृष्ण थापा, नेकपा एसबाट धनराज आचार्य राप्रपाबाट शंकर खराल स्वतन्त्र उम्मेदवार गनेस पौडेल सहित पोखरा महानगरमा २३ जनाको उम्मेदवारी परेको छ । भने उपमेयरमा गठबन्धनबाट कोपिला रानाभाट, एमालेबाट मञ्जुदवी गुरुङ उम्मेदवार छन् । उपमेयरमा ८ जनाको उम्मेदवारी परेको छ ।

सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।






‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया