अहिलेसम्म को नतिजामा एमाले ६ , कांग्रेस ३ पालिकामा विजयी

पोखरा ।
नेकपा एमालेले ६ वटा स्थानीय तहमा जीत हात पारेको छ । १२ वटा स्थानीय तहको मतपरिणाम सार्वजनिक भएसंगै अहिले सम्म एमालेको अग्रता छ । सबैभन्दा धेरै एमालेले ६ वटा स्थानीय तहमा विजयी भएको छ । नेपाली कांग्रेसले ३ र एकीकृत समाजवादीले २ र माआवादीले केन्द्रले एक स्थानमा जीत हात पारेको छ ।
जारी मतगणनामा कांग्रेस १०६ स्थानीय तहमा अगाडी छ । एमाले ९४, माओवादी १३ र एकीकृत समाजवादी दुई स्थानमा अगाडी छन् । अन्य दल र स्वतन्त्र उम्मेदवार १५ स्थानमा अगाडी छन् ।
नेकपा एमाले विजयी भएका पालिकाहरु
मनाङको मनाङ ङिस्याङ गाउँपालिका कान्छा घले विजयी
मनाङको चामे गाउँपालिका लोकेन्द्रबहादुर घले विजयी
मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिका लोप्साङ छोम्पेल विष्ट विजयी
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका रिङजिन नामगेल गुरुङ विजयी
मुस्ताङको लोमान्थाङ गाउँपालिका टसी न्वर्वु गुरुङ विजयी
डोल्पाको से फोक्सुण्डो गाउँपालिका धावा सम्डुङ गुरुङ विजयी
नेपाली कांग्रेस विजयी भएका पालिकाहरु
मनाङको नार्पा भूमी गाँउपालिका कोन्जो तेन्जीङ लामा विजयी
मनाङको नासोँ गाउँपालिका धनबहादुर गुरुङ विजयी
मुस्ताङको घरपोझङ गाउँपालिका मोहनसिंह लालचन विजयी
नेकपा एकीकृत समाजवादी विजयी भएका पालिका
डोल्पाको छार्का साङतोङ गाउँपालिका सेनाङ गुरुङ विजयी
डोल्पाको काइके गाउँपालिका अंगदकुमार राना विजयी
नेकपा माओवादी केन्द्र
डोल्पाको जगदुल्ला गाउँपालिका स् नेकपा माओवादी केन्द्रका नारसिङ रोकाय विजयी








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया