थासाङ २ मा एमालेको लाल किल्ला कायमै,पुरै प्यानल बिजयी

समाधान संवाददाता २०७९ वैशाख ३१ गते १८:४७

जोमसोम–
मुस्ताङको थासाङ गाउँपालिकामा अहिले मतगणना जारी छ । थासाङ गाउँपालिकाको वडा १ र २ को मतगणना सकिंदा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।
पछिल्लो मतगणना परिणाम अनुसार थासाङमा नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार प्रदिप गौचनले ६६८ मत प्राप्त गर्दा उनलाई पछ्याउँदै नेपाली कांग्रेसकी अध्यक्ष पदकी उम्मेदवार बालकुमारी शेरचनले ५१४ मत पाएकी छिन् ।थासाङमा एमालेका अध्यक्ष पदका उम्मेदवार गौचनले १५४ मतले अघि छन् ।
यस्तै थासाङको उपाध्यक्ष पदमा नेकपा एमालेकी उपाध्यक्ष पदकी उम्मेदवार सुमिता शेर्पाले ६३२ मत पाउँदा नेपाली कांग्रेसका उपाध्यक्ष पदका उम्मेदवार सोमल हिराचनले ५२९ मत पाएका छन् । थासाङको उपाध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार शेर्पाले आफ्नो प्रतिद्धन्दीलाई १०३ मतले पछि पारेकी छिन् ।
थासाङको वडा १ मा कांग्रेसले १ वडाध्यक्ष जितेपनि अरु ४ सदस्य पद एमालेले जितेको छ । यस्तै, थासाङ २ मा नेकपा एमालेले वडाध्यक्ष पदसहित पुरै प्यानल बिजयी भएको छ ।
थासाङमा निर्वाचन अधिकृतको कमजोर व्यवस्थापन र हेलचक्र्याईका कारण वडा १ को मतगणनाकार्यमा विवाद उत्पन्न भएको थियो । थासाङमा मतगणना विवादका कारण करिव १२ घण्टा मतगणनाकार्य प्रभावित बनेको थियो ।
मुस्ताङको थासाङ गाउँपालिका बाहेक अन्य ४ स्थानीय तहको मतगणना परिणाम सकिएको छ । नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष पदमा ३ पालिका जितेको छ भने कांग्रेसले १ पालिकामा अध्यक्ष र उपाध्यक्ष जितेको हो ।

Advertisement

तपाईको प्रतिक्रिया