लोमान्थाङ : यो एक ऐतिहाँसिक जीत हो : ईन्द्रधारा बिष्ट

जोमसोम–उपल्लो मुस्ताङमा नेकपा एमालेले आफ्नो वर्चश्व कायम गरेपछि उपल्लो मुस्ताङको लोमान्थाङमा खुसीयाली छाएको छ ।जीतलाई नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य एवं प्रदेश सांसद ईन्द्रधारा बिष्टले लोमान्थाङमा नेकपा एमालेले ईतिहाँस रच्न सफल भएको र यो जी ऐतिहाँसिक भएको बताएका छन् ।
लोमान्थाङमा नेकपा एमालेले कुल २२ पदमा अध्यक्ष र उपाध्यक्षसहित १५ पदमा जीत हासिल गरेपछि आयोजित बिजय उत्सवका क्रममा गण्डकी प्रदेश कमिटी सदस्य बिष्टले उपल्लो मुस्ताङी जनतामा चेतनाको विकास भएको र उनीहरुले जनताको विकास र सुख दुखमा साथ दिन पार्टी एमाले राजेको दावी गरे ।उनले हिजो जसरी उपल्लो मुस्ताङी जनतालाई गमुराहमा राखेर निर्वाचन जित्ने परिपाटी थियो अब त्यो त्यसको अन्त्य भएको उल्लेख गरे । उनले निर्वाचन गरिएका प्रतिवद्धता पूरा गर्न एमाले दृढ रहेको बताए ।
२०७४ सालको स्थानीय तहमा जम्मा २ वडासदस्यमा सीमित रहेको एमाले भाईटल पोस्ट सहित १५ पद जित्न सफल भएको हो । लोमान्थाङमा एमालेले अध्यक्ष र उपाध्यक्षसहित १५ पद जितेको हो । जसमा ३ वडाध्यक्ष एमालेको छ भने २ वडाध्यक्ष कांग्रेसले जितेको छ ।
संघीयताको पहिलो स्थानीय तह निर्वाचनमा एमालेले अध्यक्ष पदमा उम्मेदवारी दिन सकेको थिएन भने एमालेको उपाध्यक्ष पनि त्यसबेला कांग्रेसकी उम्मेदवार पेमाडोल्मा बिष्टसंग पराजित भएको थियो ।
जीतपछि एमालेबाट अध्यक्ष पदमा निर्वाचित टसी नर्बु गुरुङले आफु ५ वर्षसम्म जनताको भरिया भएर काम गर्ने बताए । ‘हामी काम र कर्ममा विश्वाश राख्छौ,उनले भने,‘ अब लोमान्थाङलाई समृद्ध गाउँपालिका बनाउने दिशामा लाग्छौं ।’ उनले पालिकाको विकासका लागि सदैव जनताको घरदैलोमा रहेर काम गर्ने बताए ।






एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया