पेट्रोलियममा अचाक्ली मूल्यवृद्धि

समाधान संवाददाता २०७९ जेठ १ गते १०:१८

काठमाडौं ।
सरकारको दबावमा चुनावसम्म कुरेर बसेको नेपाल आयल निगमले अन्ततः निर्वाचन सकिएको दोस्रो दिन नै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

निगमले पेट्रोल, डिजेल र मट्टितेल तीनवटै तेलमा लिटरमा एकैचोटि १० रुपैयाँले मूल्य बढाएको छ । लिटरमा एकैचोटि १० रुपैयाँ मूल्य बढेको यो पहिलो पटक पनि हो ।

यससँगै अब पेट्रोल लिटरको १७०, डिजेल÷मट्टीतेल १ सय ५३ रुपैयाँ पुगेको छ । यसअघि पेट्रोल लिटरको १ सय ६० र डिजेल÷मट्टीतेल १ सय ४३ रुपैयाँ थियो ।

Advertisement

हवाई इन्धन र एलपी ग्यासको मूल्य भने हाललाई यथावत नै राखेको निगमले जनाएको छ । एलपी ग्यास अहिले प्रतिसिलिन्डर १ हजार ६ सय रुपैयाँ छ भने हवाई इन्धन लिटरको आन्तरिकतर्फ १ सय ५६ रुपैयाँ र वाह्यतर्फ १.५४५ अमेरिकी डलर छ ।

बढेको मूल्य शनिबार राति १२ बजेदेखि लागू भइसकेको छ । अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै जाँदा खरिद मूल्य नै उच्च भएपछि यस अनुसार मूल्य बढाएको निमगले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया