एमालेलाई अपमान गरियोः गुरुङ

समाधान संवाददाता २०७९ जेठ १ गते १०:३७

पोखरा ।
नेकपा एमाले कास्कीले सत्ताको दुरुपयोग गर्दै एमालेका उम्मेदवारहरु विभिन्न मतदान केन्द्रमा जाँदा अपमान, अभद्र व्यवहार र अनेक अवाञ्छित गतिविधि गरिएको आरोप लगएको छ । एमाले कस्की अध्यक्ष मनबहादुर गुरुङले शनिबार विज्ञप्ति निकालेर त्यस्ता कार्यको निन्दा र भत्र्सना गरेका छन् ।

एमाले कास्कीले मतदान सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने मुख्य निर्वाचन अधिकृतको सचिवालय, राष्ट्रसेवक कर्मचारीहरु, सञ्चारकर्मी, सुरक्षाकर्मी, पर्यवेक्षक, नागरिक समाज, विभिन्न संघ, संस्था, विदेशमा रहेका नेपालीलाई धन्यवाद दिएका छन् । उनले भनेका छन्, ‘मतदानको प्रक्रिया सम्पन्न भएसँगै अब हुने मतगणना कार्यलाई थप व्यवस्थित, निष्पक्ष बनाउन पनि सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदछौं ।’

तपाईको प्रतिक्रिया