असुरक्षित भएको भन्दै निर्वाचन अधिकृतको राजीनामा

काठमाडौं l
बाजुराको बुढीगंगा नगरपालिकाका निर्वाचन अधिकृत कृष्ण सापकोटाले राजीनामा दिएका छन् । अधिकृत सापकोटाले आफू असुरक्षित भएको भन्दै राजीनामा दिएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले बताएका छन् ।
शुक्रबार भएको निर्वाचनमा बुढीगंगाका विभिन्न मतदान केन्द्रमा झडप, उम्मेदवार घाइते, बुथ कब्जा, उम्मेदवारहरु मतदान केन्द्रबाट लखेटिएका, सुरक्षाकर्मी नै मतदान केन्द्र छोडेर भाग्नुपर्ने स्थिति सिर्जना भएको थियो । अधिकृत सापकोटा आफू असुरक्षित भएको भन्दै कार्यालय छाडेर शनिबार मार्तडीस्थित सदरमुकाम फर्केका थिए । एमाले कार्यकर्ताले उनलाई बार्जुगाडबाट फर्काएर मतपेटिका बुझाएका छन् ।
निर्वाचन कार्यालयले १० वटा वडा रहेको बुढीगंगाका कुनै पनि मतदान केन्द्रको मतपेटिका बुझ्न मानेको थिएन । एमालेले मतपेटिका बुझेर मतगणना गर्न दबाब दिइरहेको छ भने अर्कोतिर नेपाली कांग्रेसले एमालेले वडा नम्बर २, ३, ५ र ९ मा बुथ कब्जा गरेको आरोप लगाएको छ । एमालेले पनि वडा नम्बर ४ र ७ मा कांग्रेसले बुथ कब्जा गरेको आरोप लगाएको छ ।
तपाईको प्रतिक्रिया