पोखरामा गठबन्धनलाई ८१ मतको अग्रता

समाधान संवाददाता २०७९ जेठ १ गते १५:३३

पोखरा ।
पोखरा महानगरपालिकामा गठबन्धनका मेयर र उपमेयर उम्मेदवारले झिनो मतले अग्रता बढाउँदै गएको छ ।
३ हजार मतगणना हुँदा मेयरमा गठबन्धनका धनराज आचार्यले ११ सय २१ र एमालेका कृष्णबहादुर थापाले १ हजार ४० मत प्राप्त गरेका छन् । मेयर र उपमेयर बिच ८१ मतको अन्तर रहेको छ ।

Advertisement

राप्रपाका शंकर खरालले १८४ र स्वतन्त्र उम्मेदवार खडकराज पौडेल (गनेस) ले ६५ मत पाएका छन् ।

उपप्रमुखमा गठबन्धनतर्फ कांग्रेसकी कोपिला रानाभाटले १२ सय ४६ मत पाएकी छन् । एमाले उम्मेदवारले ११ सय ६५ मत ल्याएकी छन् । राप्रपाकी रन्जनाकुमारी सेन पौडेलले १ सय ६५ मत ल्याएकी छन् ।

तपाईको प्रतिक्रिया