स्याङ्जाको हरिनास गाउँपालिकामा एमालेका खिमनारायण मानन्धर विजयी
पोखरा ।
स्याङ्जाको हरिनास गाउँपालिकामा नेकपा एमालेका खिमनारायण मानन्धर विजयी भएका छन् । मानन्धरले दोस्रोपटक ४ हजार ७ सय ६९ मत ल्याएर पुन दोस्रो पटक निर्वाचित भएका हुन् ।
मानन्धरले प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेसका टोमबहादुर भुजेललाई ३७ मतान्तरले हराएका हुन् । कांग्रेसका भुजेलले ४ हजार ७ सय ३२ मत ल्याएका हुन् ।
यस्तै, उपाध्यक्षमा पनि एमालेकै इन्द्रकुमारी थापा राना विजयी भएकी छन् । नेकपा माओवादीकी मिठु लम्साललाई २४ मतले पराजित गर्दै उनी विजयी भएकी हुन् । रानाले ४ हजार ७ सय ४० मत प्राप्त गरेकी छन् भने लम्सालले ४ हजार ७ सय १६ मत प्राप्त गरेकी छन् ।
त्यसैगरी, हरिनासका ७ वटा वडामध्ये १ मा कांग्रेसका इन्द्रबहादुर गुरुङ, २ मा कांग्रेसकै चित्रबहादुर थापा, ३ मा एमालेका ओमप्रकाश सिग्देल, ४ मा एमालेकै सन्तबहादुर थापा, ५ मा कांग्रेसका निर्मल लम्साल, ६ मा एमालेका विरबहादुर राना र ७ मा एमालेकै भरत थापा विजयी भएका छन् ।








कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
पश्चिमाञ्चल मावि कानुन संकायका विद्यार्थी लमजुङका गाउँमा
एन प्याब्सन ‘दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव–२०८२’ सुरु
बागलुङ–२ मा कांग्रेसको ‘जम्बो’ सिफारिस : एक थान टिकटका लागि १० जनाको हानथाप !
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया