मादीका ३ वडामा कांग्रेस र १ वडामा एमाले

समाधान संवाददाता २०७९ जेठ २ गते १२:०६

पोखरा l
कास्कीको मादी गाउँपालिकाको वडा नम्बर १ सिक्लेस पार्चेमा नेपाली कांग्रेसका देवीजंग गुरुङको नेतृत्वमा प्यानलै विजयी भएको छ । सो वडामा १ हजार ५ सय ७५ मत खसेकोमा देवीजंग ८ सय २८ मत ल्याएर विजयी भएका छन् ।

Advertisement

उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उमरबहादुर गुरुङ (सन्तोष)ले ६ सय ६३ मत ल्याएका छन् । यहाँ ०७४ सालको स्थानीय तहको निर्वाचनमा सुरजकुमार गुरुङको नेतृत्वमा नेकपा (एमाले)को प्यानलै निर्वाचित भएको थियो ।

मादीको वडा नम्बर ३ ताङतिङमा नेपाली कांग्रेसका भोजबहादुर गुरुङ विजयी भएका छन् । सो वडामा १ हजार १ सय १३ मत खसेकोमा भोजबहादुरले ५सय ५४ मत ल्याएका छन् । उनका निकतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का एकाजंग गुरुङले ५ सय २६ मत ल्याएका छन् । एकाजंग ०७४ सालको स्थानीय तहको चुनावबाट निर्वाचित वडाध्यक्ष हुन । सोही वडामा नेकपा (एमाले) खुला वडा सदस्यमा डिलबहादुर गुरुङ र कुमानसिंह गुरुङ, महिला वडा सदस्यमा पूर्णसुब्बा गुरुङ र दलित महिला सदस्यमा हिमा विक निर्वाचित भएका छन् ।

मादीको वडा नम्बर ३ याङ्जाकोटमा नेपाली कांग्रेसका विकास गुरुङ ६ सय २९ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का जेमप्रसाद गुरुङले ४ सय ६६ मत पाएका छन् । सो वडामा १ हजार २सय ४ मत खसेको थियो । वडामा खुला महिला सदस्यमा दिपा गुरुङ, दलित महिला सदस्यमा गीता परियार, खुला वडा सदस्यमा तेजबहादुर रानाभाट र नन्दजंग गुरुङ निर्वाचित भएका छन् ।

मादीको वडा नम्बर ४ तारकाङमा नेकपा (एमाले)का शिवप्रसाद सापकोटाको प्यानल विजयी भएको छ । वडामा १ हजार २ सय २५ मत खसेकोमा उनले ५ सय ५६ मत ल्याएका छन् । उनका निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायण सापकोटाले ४ सय ७ मत पाएका छन् । नेकपा (एमाले)को तर्फबाट वडाको खुला महिला सदस्यमा लोककुमारी घर्ती, दलित महिला सदस्यमा डिलमाया विश्वकर्मा र खुला सदस्यमा रविमोहन सापकोटा र माधव सापकोटा निर्वाचित भएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया