म्याग्दे गाउँपालिकाको अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस

म्याग्दे ।
तनहुँको म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । गाउँपालिकाको अध्यक्षमा एमालेका श्रीप्रसाद श्रेष्ठ ७१८ मतान्तरले विजयी भएका छन् । श्रेष्ठले चार हजार ९५० मत प्राप्त गरेका निर्वाचन अधिकृत नवराज आचार्यले जानकारी दिए । प्रतिस्पर्धी कांग्रेसका मायादेवी रानाले चार हजार २३२ मत प्राप्त गरिन् ।
उपाध्यक्षमा कांग्रेसका बालकृष्ण घिमिरे पाँच हजार ३९ मत प्राप्त गरी विजय भएका छन् । प्रतिस्पर्धी एमालेका रत्नादेवी घिमिरेले चार हजार २०० मत प्राप्त गरिन् । घिमिरे दोस्रो कार्यकालका लागि उपाध्यक्षमा दोहोरिएकी हुन् ।
गाउँपालिकामा कूल १८ हजार १०५ मतदाता रहेकामा ११ हजार ९४३ मत खसेको थियो । विसं २०७४ सालको निर्वाचनमा कांग्रेसकी राना अध्यक्षमा विजयी हुँदा श्रेष्ठ पराजित भएका थिए । म्याग्दे–१, ३ र ७ मा एमालेले जितेको छ भने वडा नम्बर २, ४, ५ र ६ मा कांग्रेसले जितेको छ ।








सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया