स्याङ्जाको भीरकोटको मेयरमा कांग्रेस निर्वाचित

स्याङ्जा ।
स्याङ्जाको भीरकोट नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका गोविन्दकुमार कर्माचार्य निर्वाचित भएका छन् । कर्माचार्यले ६ हजार ५०४ मत ल्याई निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विश्वनाथ अर्यालले ५ हजार ६६९ मत पाए ।
उपप्रमुखमा नेपाली काँग्रेसकी भगवती रेग्मी अर्याल ७ हजार १९७ मतसहित निर्वाचित भइन् । उनकी निकटतम प्रतिस्पर्धी सरस्वती अधिकारीले ४ हजार ९२८ मत पाइन् ।
नगरपालिकाको वडा नं १, २, ३, ४, ५, ७, ८ र ९ गरी ८ वटा वडामा नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवारहरु निर्वाचित भए भने वडा नं ६ मा नेकपा एमालेका अध्यक्षमात्रै निर्वाचित भएका छन् । गाउँपालिकामा निर्वाचित हुने ४७ सिटमध्ये ४६ जना नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
भीरकोट नगरपालिकामा २० हजार ४२७ जना मतदाता रहेकोमा १३ हजार १३ जनाले मतदान गरेका थिए । २०७४ को स्थानीय तह निर्वाचनमा पनि भीरकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको थियो ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया