स्याङ्जाको फेदीखोला गाउँपालिकामा एमालेका सुवेदी विजयी

समाधान संवाददाता २०७९ जेठ २ गते १९:२७

पाेखरा ।

स्याङ्जाको फेदीखोला गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का घनश्याम सुवेदी विजयी भएका छन् । उनले नेपाली काँग्रेसका लक्ष्मीप्रसाद बराललाई १३२ मतले पराजित गर्दै विजयी हुन् ।


सुवेदीले ३ हजार ३८६ मत प्राप्त गनुभएको छ भने उहाँको प्रति द्वन्दी नेपाली काँग्रेसका तर्फबाट अध्यक्षका उम्मेदवार बन्नुभएका लक्ष्मीप्रसाद बरालले ३ हजार ७०४ मत प्राप्त गर्नुभएको छ ।

त्यसै गरी गाउँपालिकाकाको उपाध्यक्षमा एमालेकै देउकुमारी गुरुङ विजयी भएका छिन् । उनले माओवादी केन्द्रका शिवप्रसाद पराजुलीलाई १५९९ मतले पछाडि पार्दै उपाध्यक्षमा विजयी भएका हुन् ।
एमालेकी देउकुमारी गुरुङले ३ हजार ९७८ मत प्राप्त गर्नुभएको छ भने उहाँको निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका शिवप्रसाद सुवेदीले २ हजार ३७९ मत प्राप्त गरेका हुन् ।

फेदीखोला गाउँपालिकामा १२ हजार १६५ जना मतदाता रहेकोमा ८ हजार १३९ जनाले मतदान गरेका थिए । २०७४ को स्थानीय तह निर्वाचनमा पनि घनश्याम सुवेदी गाउँपालिकाको अध्यक्षमा विजयी हुनु भएको थियो ।

तपाईको प्रतिक्रिया