घरपझोङमा शपथ ग्रहण :फोटो फिचर

समाधान संवाददाता २०७९ जेठ २ गते २०:४२

स्थानीय तह सदस्य निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई घरपझोङ र थासाङ गाउँपालिकाका नवनिर्वाचित अध्यक्षले पथ तथा गोपनीयता शपथ ग्रहण गराएका छन् । घरपझोङ गाउँपालिकामा सोमबार अध्यक्ष मोहनसिंह लालचनले पालिका उपाध्यक्ष जमुना थकाली थापामगरसहित २६ जना पदाधिकारीहरुलाई पथ तथा गोपनीयताको शपथ ग्रहण गराएको प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले जानकारी दिए ।

उनका अनुसार घरपझोङमा अध्यक्ष मोहनसिंह लालचनले पदबहाली समेत गरेका छन् ।शपथ ग्रहण समारोहमा नवनिर्वाचित अध्यक्ष मोहनसिंह लालचनले पालिकाको सबै टिमको साथ र सहयोगले मात्र गाउँपालिकाको चौतर्फी विकासमा टेवा पुग्ने बताए ।

उनले निर्वाचन अघि सबैजना पार्टीगत रुपमा रहेपनि अब पालिकाको एकै परिवार भएकाले यो र त्यो नभई सबै एकतावद्ध भएर घरपझोङको समृद्धितर्फ लाग्नु पर्ने उल्लेख गरे ।

तपाईको प्रतिक्रिया